नारायणगढ र समाज कल्याण अपराजित

हिमालयन मनोज, गोरखा। शतप्रतिशत जितसँगै नारायणगढ फुटबल क्लब र समाज कल्याण स्पोर्ट्स सेन्टर ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन्।
यीबाहेक स्टार स्पोर्ट्स क्लब, नव जनजागृति युवा क्लब र कटारी टाइगरले अन्तिम ६ मा स्थान बनाएका हुन्।
गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा नारायणगढले नव जनजागृतिलाई २–० ले हरायो। योसँगै नारायणगढले तीन खेलबाट ९ अंक जोड्दै समूह विजेता बन्यो। नव जनजागृति भने ६ अंकसहित समूह उपविजेता बन्यो।
समूह ‘सी’को खेलमा समाज कल्याणले एजी १० फुटबल क्लबलाई ४–२ ले पाखा लगायो। समाज कल्याणले तीन खेलबाट ९ अंक जोड्यो। यही समूहबाट पटहानीले हिल्ली फिल्डर्स गोरखालाई ४–२ ले पाखा लगाउँदै अन्तिम ६ मा स्थान पक्का गर्यो।
अन्य खेलमा कटारीले जी एन्ड जी एकेडेमीलाई १–० ले हराउँदा स्टार स्पोर्ट्सले द ओल्ड क्यापिटललाई २–२ मा रोक्दै अन्तिम ६ मा आफ्नो स्थान सुरक्षित गर्यो।







-1744388693-1773245134485.avif&w=3840&q=75)





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)