काठमाडौं। नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० आई सिरिजको खेल तालिका हेरफेर भएको छ।
क्रिकेट इतिहासमै नेपालले पहिलोपल्ट टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिरिज संयुक्त अरब इमिरेट्स (युएई)मा हुने तय छ।
सरजाह क्रिकेट स्टेडियममा हुने सिरिज २७, २८ र ३० सेप्टेम्बरमा हुने तय थियो। तर, अहिले उक्त सिरिजका खेल २७, २९ र ३० मा हुने क्यानले जनाएको छ।