कटारीले जित्यो ११औं ओसन कप
मंगलबार, ०१ बैशाख २०८३खेलपाटी संवाददाता

हिमालयन मनोज, गोरखा। कटारी टाइगर एफसीले ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ।
गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा कटारीले नारायणगढ फुटबल क्लबलाई १–० ले पराजित गरेको हो।
योसँगै कटारीले नारायणगढको १९ खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ। नारायणगढले ओसन कपका पछिल्ला १८ खेलमा जित हात पारेको थियो। एक खेल भने बराबरी खेलेको थियो।

कटारीको जितमा हेमन्तबहादुर मगरले गरेको गोल नै निर्णयक बन्यो।
उपाधिसँगै कटारीले २५ हजार मेडल र प्रमाणपत्रको साथमा रनिङ ट्रफी हात पार्यो। साबिक विजेता नारायणगढले भने १५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
हेमन्त नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलकिपर कटारीकै चामेन राई घोषित भए।














