काठमाडौं। अपराजित रहँदै संकटा क्लब एन्फा महिला लिगमा छनोट भएको छ।
च्यासल रंगशाला मंगलबार सम्पन्न खेलमा पोखरा गर्ल्स एफसीमाथि ६–१ को सहज जित हात पार्दै संकटा छनोट हुने पहिलो टोली बन्न सफल भएको हो।
समूह ‘बी’मा रहेको संकटाको यो लगातार पाँचौं जित हो । जितसँगै समूहको शीर्ष स्थानमा रहेर संकटाले दोस्रोपल्ट लिग खेल्ने पक्का भएको हो। गत सिजन भने संकटाले छनोट नै नखेलि लिग खेलेको थियो।
संकटाको जितमा स्ट्राइकर पूर्णिमा राईले ह्याट्रिक गोल गरिन्। सेनु परियारको नाममा दुई गोल रह्यो। एक गोल आत्मघाती उपहार प्राप्त गर्यो।