नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश

काठमाडौं। भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग हुने दुईवटा मैत्रीपूर्ण खेलका लागि बंगलादेश राष्ट्रिय टिमले तयारी थालेको छ। बसुन्धरा किङ्सले प्रि–सिजन तयारीको कारण देखाउँदै बोलाइएका १० खेलाडीलाई नदिँदा बंगलादेश टिम संकटमा परेको थियो।
बंगलादेश फुटबल फेडेरेसन (बीएफए) ले राष्ट्रिय टिम समितिमार्फत पत्राचार गरे पनि किङ्सले आफ्ना खेलाडीहरू ३१ अगस्टसम्म मात्र उपलब्ध गराउने अडान लिएको थियो। सोही अनुसार आइतदेखि मात्र खेलाडी क्याम्पमा सहभागी भएका छन्।
खेलाडी अभावका कारण स्पेनिस मुख्य प्रशिक्षक हाभियर काब्रेराले विगत एक सातादेखि यु–१७ टोलीका चार खेलाडीलाई समेत क्याम्पमा बोलाएर अभ्यास चलाइरहेका थिए। आइतबार साँझदेखि किङ्सका खेलाडीहरू टिममा सहभागी भएपछि यु–१७ का खेलाडीहरूले सोमबार बिहानै क्याम्प छोडेका छन्।
राष्ट्रिय टिमका म्यानेजर अमेर खानका अनुसार टोली बुधबार काठमाडौं प्रस्थान गर्नेछ। त्यसअघि प्रशिक्षक काब्रेराले अब दुई दिन पुरै स्क्वाडसहित अभ्यास गर्ने अवसर पाउनेछन्।
नेपालविरुद्धका खेलका लागि प्रशिक्षकले इङ्लिस च्याम्पियनसिप क्लब लेस्टर सिटीका हम्जा चौधरीलाई समेत टिममा बोलाउने इच्छा प्रकट गरेका छन्। तर, उनको सहभागिता अझै निश्चित छैन। म्यानेजर खानका अनुार हम्जाबारे अझै छलफल भइरहेको छ। आएमा उनी सिधै नेपाल आउनेछन् र त्यहाँबाट फर्केर पुनः इङ्ल्यान्ड जानेछन्।
हम्जाले दुई दिनअघि मात्रै लेस्टर सिटीका लागि खेलेका थिए। सेप्टेम्बर फिफा विन्डो अवधिमा च्याम्पियनसिप लिग दुई साताका लागि स्थगित हुने भएकाले उनी सहभागी हुने सम्भावना कायम छ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)