स्पिनरको बलबुतामा बैंग्लोरलाई पहिलो उपाधि
सन् २०२३ मा वुमन्स प्रिमियर लिग शुरू भयो र रोयल च्यालेन्जर्स बैंगलोरले उत्कृष्ट टिम मैदानमा उतार्यो। स्मृति मन्धाना, एलिस पेरी र सोफी डेभिनजस्ता खेलाडी भएपनि बैंगलोर ८ मध्ये ६ खेलमा हार बेहोरेर लिग चरणबाटै बाहिरियो। त्यसको ठीक एक वर्षपछि टोलीले फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जित्यो।











