काठमाडौं । हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।
बुधबार पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुनैपनि ब्याट्सम्यानले संशमित भएर प्रर्दशन गर्न सकेनन् ।
ओपनर बिनोद भण्डारी दोस्रो बल खेल्दै ४ रनमा आउट हुदाँ कुशल मल्ल ५ रनमा पोविलियन फर्किए ।
रोहित पौडेल १२, गुलसन झा ६, विवेक यादव १, आरिफ शेख १५ र सन्दीप जोरा १७ रनमा आउट भएका छन् ।
नेपालले १४ ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र ७६ रन बनाएको छ ।