बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

बुधबार, ०९ बैशाख २०८३खेलपाटी संवाददाता
पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

फाइल तस्बिर

Loading ad...
mustang rice ad

भद्रपुर। खेलको सुरुआती १४औं मिनेटमै १० खेलाडीमा सीमित भएको नेपाल पुलिस फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। सेमिफाइनलमा पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।

खेलको १४औं मिनेटमा लक्ष्मीबाईले अग्रता लियो। पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उनी रातो कार्ड खाँदै मैदान बाहिर निस्किन्। उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन्।

नाथको स्थानमा सहारा लिम्बुले मैदान छोडेपछि पुलिस १० खेलाडीमा सीमित भयो। लक्ष्मीबाईले डिबक्स नजिकै पाएको त्यो फ्रिकिकलाई बिनी कुमारीले प्रहार गरिन्। पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोल गरिन्।

१–० गोलले पछि परेको पुलिसले त्यसको केही समय लय गुमाएको थियो। पुलिसले ३८औं मिनेटमा खेल बराबरी गर्‍यो। मिना देउवाको क्रस पासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काइन्।

खेलको ४६औं मिनेटमा पुलिसले अर्को गोल थप्यो। पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा कप्तान अमृता जैसीले वान टच गोल गरिन्।

५३औं मिनेटमा पुलिसले तेस्रो गोल थप्यो। पूजा रानाको क्रस पासमा सम्झना लावतीले गोल गर्दै पुलिसको जित निश्चित गरिन्। खेलको ६७औं मिनेटमा पुलिसका नियमित स्ट्राइकर मिना देउवाले गोल गरिन्। पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डिबक्समा मिलाइदिएको बललाई देउवाले गोल गरिन्।

खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गर्दै गोल अन्तर ५–१ मा पुर्‍याइन्। मैदानको मध्यभागबाट प्रहार गरेको लङ रेञ्जर सटले लक्ष्मीबाईका गोलकिपरको हातमा लाग्दै जाली चुमेको थियो।खेलको प्लेयर अफ दी म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन्।

उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्। भोलि (बिहीबार) अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा