काठमाडौं । हङकङ टी ट्वान्टी सिरिजको उपाधिका लागि नेपालले बुधबार पीएनजीसँग खेल्दैछ ।
लिग चरणको शीर्ष स्थानमा रहेर नेपालले फाइनल यात्रा तय गरेको हो ।
हङकङको टिम वाङ रोड रि–क्रियसन ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
लिग चरणका शीर्ष दुई टिमले फाइनल खेल्ने तालिका रहेको थियो । नेपालले तीन अंक जोडेर शीर्ष स्थानमा रह्यो । पीएनजीले दुई अंक जोडेर दोस्रो स्थानमा रह्यो । हङकङले मात्र एक अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
नेपाल र हङकङ बीचको पहिलो खेल वर्षाले प्रभावित बनेपछि दुवै टिमले समान एक एक अंक बाँडेका थिए ।
नेपालले समूह चरणको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो । पीएनजीले भने हङकङलाई १० विकेटले हराएको थियो ।
नेपाल युवा खेलाडीलाई समावेश गर्दै हङकङ यात्रामा निस्किएको हो । यस वर्ष टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले टी ट्वान्टी भ्रमण÷सिरिजलाई प्राथमिकतामा राखेको छ ।