विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रवेश गरेका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ ।
आर्मीले यस सिजनमा पीएम कप र केपी आली कप गरि दुई पटक फाइनल खेलिसकेको छ । आर्मी पीएम कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग फाइनलमा पराजित भएको हो ।
सुरुवातमा ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ६३ रनको योगफल तयार पारेको थियो । सुदूरका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाए । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए ।
आर्मीका वसिर अहमदले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए । नितेश पटेल ३ विकेट लिए ।
जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्ध सतकले ५ बल बाँकी छदै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा २ छक्का र ५ चौका प्रहार गरि अविजित ५० रनमा बनाए । तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए ।
सुदूरका दिपक वोहोराले २ विकेट लिए । हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।
दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनल प्रवेश गर्यो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १८ दशमलव २ बलमा अलआउट हुँदै १ सय ५१ रनको स्कोर बनाएको थियो ।
लुम्बिनीका आकाश त्रिपाठीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरि ६५ रन बनाए । मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिए ।
कर्णालीका प्लेयर अफ म्याच दिपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिए । प्रकाश जैसीले ३ विकेट दिवान पुनले २ विकेट लिए ।
जवाफमा १ सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेट लक्ष्य पुरा गर्यो ।
कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरि अविजित ४३ रनको पारी खेले । दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए ।
एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटो विकेटकालागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे । त्यस्तै रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए ।
लुम्बिनीका विर मगर, निर्मल गुरुङ, देव खनाल नर सार्की र कृष्ण कार्कीले समान १–१ विकेट लिए ।
फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिएका छन् ।