• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फाको सहमतीय राजनीतिमा ब्रेक !
64x64
बिहिवार, माघ १, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बागमती प्रदेश कमिटि गठनमा सहमती जुट्न सकेन ।

मकवानपुरको हेटौडामा बुधबार भएको भेलामा सहमती जुट्न नसकेपछि प्रदेशको तदर्थ कमिटि बन्न नसकेको हो ।

बाँकी ६ वटै प्रदेशमा सहमतीका आधारमा तदर्थ कमिटि गठन गर्न सफल एन्फाको वर्तमान नेतृत्वलाई बागमतीमा सहमती जुटाउन कठिन मानिएको थियो ।

एन्फाको वर्तमान कार्यसमितिविरुद्ध रहेका जिल्लाको बाहुल्यता बागमती प्रदेशमा छ । काठमाडौंका जिल्ला अध्यक्ष विराटजंग शाहीको नेतृत्वमा ललितपुर, धादिङ्ग लगायतका जिल्लाले एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा सहितको वर्तमान कार्यसमितिविरुद्ध विरोध गर्दै आएका थिए । जसको प्रत्यक्ष प्रभाव प्रदेशको तदर्थ कमिटि गठनमा देखिएको छ ।

एन्फाले सहमतीका आधारमा प्रदेशको तदर्थ कमिटि गठनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । सोही अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश २ र प्रदेश १ मा सहमतीका आधारमा तदर्थ कमिटि बनेको छ ।

बागमतीमा प्रदेशमा मुख्य गरि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही र मकवानपुरका राजेन्द्र श्रेष्ठको दाबी थियो ।

शाही एन्फा पूर्व अध्यक्ष गणेश थापा निकट मानिन्छन् भने शाहीकै समकालिन श्रेष्ठलाई वर्तमान एन्फा नेतृत्वको साथ छ । शाही नेतृत्वको समूहनै पूर्व अध्यक्ष गणेश थापाको एन्फाभित्रको मुख्य शक्ति हो ।

बुधबारको बन्द सत्रमा दुवैबीच तदर्थ कमिटिको नेतृत्वमा सहमती जुटेन । शाही र श्रेष्ठले दाबी नछाडेपछि अन्य जिल्लाले समेत नेतृत्वमा दाबी गरे ।

अन्तिममा ११ जिल्ला सहभागी भेलामा १३ जनाले नेतृत्वमा दाबी पेश गरेका थिए ।

मकवानपुर र दोलखाबाटै दुई–दुई जनाले नेतृत्वमा दाबी गर्न पुगे । मकवानपुरका राजेन्द्र श्रेष्ठसंगै जिल्ला अध्यक्ष टीकाराम लामा र दोलाखाबाट गोविन्द श्रेष्ठ र कौरव पाण्डे नेतृत्वको दाबी गर्नेमा थपिए ।

यस्तै, काठमाडौंका विराटगंज शाही, नुवाकोटका दीपक चित्रकार, भक्तपुरका राम प्रजापति, चितवनका श्रीकृष्ण कार्की, धादिङ्गका दीपक खतिवडा, सिन्धुपाल्चोकका मनकुमार श्रेष्ठ, ललितपुरका शिरिष बिक्रम हमाल र सिन्धुलीका लक्षु देवकोटाले नेतृत्वमा दाबी गरेका थिए ।

बन्द सत्रको सुरुवातमै केन्द्रिय परिवेक्षक पूर्णमान चित्रकारले एन्फाबाट प्राप्त पत्र पढेर सुनाएका थिए । उनले सहमती बनेको खण्डमा सहमतीय आधारमा तदर्थ कमिटि गठन गर्ने र सहमती नबनेको खण्डमा सोही प्रतिवेदन केन्द्रमा पठाउने बताएका थिए ।

भेलाले सहमतीको आधारमा कमिटि गठन गर्न नसकेपछि केन्द्रले बागमतीको विषयमा औपचारिक निर्णय लिनेछ ।

केन्द्रलाई तदर्थ कमिटि गठनको अधिकार भएपनि एन्फाले जिल्लाकै सहमतीमा प्रदेश कमिटि गठनको प्रक्रियालाई अघि बढाएको हो । तर बागमतीमा प्रदेशमा सहमती जुट्न नसकेपछि तदर्थ कमिटि बनाउने जिम्मेवारी केन्द्रलाई आएको छ । 

केही जिल्लाले भक्तपुरको प्रतिनिधित्वको विषयमा समेत प्रश्न उठाएका थिए । अदालतमा विचाराधिन रहेको मुद्धामा तदर्थ कमिटिका पदाधिकारीलाई समावेश गरिएको भन्दै केही जिल्लाको आपत्ति थियो । भक्तपुरका महासचिव राम प्रजापतिले भने अदालतको विषयमा न्यायाधिस नबन्न अन्य जिल्लाका प्रतिनिधिलाई चेतावनी दिएका थिए ।

उनले जिल्लाको अस्तित्व रक्षाका लागि प्रदेश कमिटिको नेतृत्वमा दाबी प्रस्तुत गरेका थिए ।

केन्द्रिय परिवेक्षक पूर्णमान चित्रकारले प्रदेश कमिटि गठनमा सहमती नसकेपछि सोही प्रतिवेदन केन्द्रमा बुझाउने खेलपाटीलाई बताएका छन् ।

‘जे प्रतिवेदन आएको छ । त्यही प्रतिवेदन केन्द्रमा दिने हो ।’ उनले भने ।

भेलाको अन्तिममा ८ जिल्लाले विराटजंग शाहीलाई अध्यक्षमा समर्थन रहेको पत्र केन्द्रिय परिवेक्षक चित्रकारलाई बुझाएका थिए ।

चित्रकारले ८ जिल्लाको समर्थन सहितको पत्र आफुसंग आएपनि हस्ताक्षर प्रमाणिकरण नगरिएको खेलपाटीलाई बताए ।

‘शाहीलाई समर्थन गर्दै ८ जिल्लाको हस्ताक्षर भएको पत्र अन्तिममा आएको थियो । तर हस्ताक्षर प्रमाणिकरण भएको छैन । केही जिल्लाले बेग्लै प्रायोजनका लागि संकलन गरिएको हस्ताक्षर दुरुपयोग गरिएको पनि बताएका छन् । सबै विषय समावेश गर्दै प्रतिवेदन पेश गर्छु । आवश्यक निर्णय केन्द्रले गर्नेछ ।’ उनले भने ।

फुटबल राजनीतिमा विराटजंग शाहीको राम्रो पकड मानिन्छ । बागमतीको प्रदेश कमिटि गठनमा उनले आफ्नो प्रभाव देखाएका छन् । प्रदेशका ८ जिल्लाको समर्थनले फुटबलमा राजनीतिमा शाहीको प्रभाव पुष्टि हुन्छ । निर्वाचन अघि शाही नेतृत्वको समूहले पूर्व अध्यक्ष गणेश थापासंग गृह जिल्ला मकवानुपरमा भेट समेत गरेको थियो ।

थापा स्वयमले बुधबार साँझ विराट सहितका जिल्ला प्रतिनिधिसंग सामूहिक तस्विर खिचेको फोटो फेसबुकमा पोस्ट गरेका छन् । आफ्नो स्वास्थ्यको जानकारी लिन आएका साथीलाई धन्यवाद दिएका थापाले राजनीतिक सन्देश समेत छाडेका छन् ।

वर्तमान एन्फा कार्यसमितिले भक्तपुरमा गौतम सुजखुलाई कारबाही गर्दै तदर्थ कमिटि गठन गरेसंगै शाहीको समूह कमजोर बन्ने आँकलन गरिएको थियो । तर प्रदेश कमिटि निर्वाचनमा भक्तपुर, नुवाकोट र मकवानपुर बाहेकका जिल्ला शाहीको पक्षमा देखिएका छन् ।

सहमती जुट्न नसकेपछि एन्फा हेडक्वार्टरले आफु अनुकुलको तदर्थ कमिटि बागमती प्रदेशमा बनाउन सक्नेछ । तर देशका ६ वटा प्रदेशमा सहमतीका आधारमा कमिटि बनाएर नयाँ निर्वाचनका लागि शक्ति आर्जन गरेको वर्तमान एन्फा नेतृत्वलाई बागमती प्रदेशमा भने ठेस लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पोर्टस अवार्डको प्रवर्धकमा सामाजिक विकास मन्त्रालय
शीर्ष डिभिजन क्लबसँग एन्फाको छलफल
खेलकर्मीलाई खोप उपलब्ध गराउन मन्त्रालयको पहल
पूर्वाधार निर्माणका लागि राखेपको सम्झौता
पोखरामा खेलकुद अभिमुखीकरण सुरु
पोखरामा खेलकुद अभिमुखीकरण कार्यक्रम
  • ताजा समाचार
  • खेल आज
भारत १ सय ४५ रनमा अलआउट
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP