काठमाडौं। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग हुने भएको छ।
सोमबार एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिए। प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म काठमाडौंको तल्लो मूलपानी मैदानमा हुनेछ।
प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ। प्रतियोगितामा कुल २४ खेल हुनेछ। प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगितामा सहभागिताको लागि टिम खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुनेछ। प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्।