काठमाडौं । सुदिप पौडेलको नेतृत्व नेपाल साईक्लिङ संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
शनिबार काठमाडौंमा भएको साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा संघर्ष विष्ट, महासचिवमा रन्जन राजभण्डारी र सचिवमा देबेन्द्र बस्न्यात निर्वाचित भए ।
कोषाध्यक्षमा कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुदाँ सदस्यहरुमा विकास अधिकारी, चन्द्रप्रसाद चौधरी, बलबहादुर गुरुङ, दिपक बाबु कँडेल, इशवर प्रसाद घिमिरे, पदम बहादुर श्रेष्ठ, सनत कुमार शर्मा, मनिषा राजकर्णिकार र अप्सरा बस्नेत निर्वाचित भएका छन् ।
निर्वाचन गर्न नसकेर तदर्थ अवस्थामा रहेको साईक्लिङ संघलाई वैधानिक रुपमा अघि बढाउन सरकारले सुदिप पौडेलको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । सोही तदर्थ समितिले साधारण सभामार्फत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।