गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ। आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाईनल पुगेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो क्वालिफायरमा आर्मीले गोल्डनगेटलाई ९०–७१ ले पराजित गर्दै फाईनल पुगेको हो।
आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध खेलेको तीनै खेल जित्दै आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ। यसअघि लिग चरणको दुवै खेलमा आर्मीले गोल्डेनगेटलाई हराएको थियो।
सुरुवाती क्वाटरसम्म पछि परेको आर्मीले चौथो क्वाटरमा शानदार प्रदर्शन गर्दै जित हात पारेको हो। पहिलो क्वाटरमा गोल्डेनगेटले २५–१७ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर १३–१३ को बराबरीमा सकिएपछि गोल्डेनगेटले हाफटाईमसम्म ३८–३० को अग्रता बनायो।
तेस्रो क्वाटर पनि २४–२१ को अग्रतासहित अन्तिम क्वाटरअघि गोल्डेनगेट ६२–५१ ले अघि थियो। तर, आर्मीले चौथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै २९–९ ले आफ्नो पक्षमा पार्दै ८०–७१ ले खेल जितेको हो।
आर्मीका कप्तान विनोद महर्जन म्यान अफ दि म्याच घोषित भए। आर्मीले शनिबार हुने फाईनलमा स्थान पक्का गर्दा गोल्डेनगेटले भने फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ। अब टाइम्स र केभिसी हाउण्ड्सबीच हुने एलिमिनेटरको विजेतासँग गोल्डेनगेटले दोस्रो क्वालिफायर खेल्नेछ।







-1774194974029.jpeg&w=3840&q=75)

-1775576795965.jpeg&w=3840&q=75)





