एरिकालाई सुराई दोको प्रायोजन
मंगलबार, २४ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले नेपाली खेलकुद कै ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई खेल सामग्री प्रायोजन गरेको छ। कम्पनीमार्फत यस्तो अवसर प्राप्त गर्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।
प्रायोजन अन्तर्गत गुरुङलाई ४ सेट कराते ड्रेस, १ वटा ब्याग, ४ वटा सिन गार्ड, ४ वटा बेल्ट, ४ जोडी ग्लोब्स तथा ५ वटा टिसर्ट उपलब्ध गराइएको छ। उक्त सम्झौता २ वर्षका लागि गरिएको छ भने कम्पनीले हरेक वर्ष यसैगरी खेल सामग्री हस्तान्तरण गर्ने जनाएको छ।
राष्ट्रिय कराते टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले यस प्रकारको अन्तर्राष्ट्रिय सहयोगले खेलाडीको मनोबल उच्च बनाउने र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।















