एरिका तमु धीको सद्भावना दूत

काठमाडौं। नेपाली राष्ट्रिय कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन युकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ ।
एरिकालाई अप्रिलदेखि लागू हुने एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको जानकारी दिइयो । तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विश्व नम्बर एक बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले एरिकालाई तमु धीले सहयोग गर्ने भएको हो । करातेकी अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङको पहलमा एरिका र तमु धी एसोसिएसन युकेबीच सहयोगका लागि सहकार्य भएको बताइएको छ ।
सम्झौताअनुरूप विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते महासंघ (एकेएफ) का आधारिक प्रतियोगिता खेल्न तमु धी एसोसिएसन युकेले टिकट, आवश्यक खेल सामग्री, दुई जोडी ट्य्राकसुट र हरेक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ । एरिकाले उपलब्ध गारएको पोशाकमा तमु धीको लोगो राख्नु पर्ने छ ।
नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले एसियन गेम्स र दक्षिण एसियाली खेलकुदमा राज्यको लगानी हुने भएकाले त्यसमा सहयोग नलिने स्पष्ट पारे ।साथै, डब्लुकेएफ र एकेएफअन्तर्गतका प्रमुख प्रतियोगिताहरूमा उनको सहभागिता सुनिश्चित गरिनेछ ।
एरिकाले सन् २०२६ र ०२७ मा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कराते प्रिमियर लिग, एसियन च्याम्पियनसिप, विश्व सितोरियो कराते च्याम्पियनसिप तथा अन्य खुला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।







-1761998475071.jpg&w=3840&q=75)


-1774280237611.jpeg&w=3840&q=75)




