बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप
मंगलबार, २४ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। पहिलो पोखरा महिला गोल्डकप आगामी बैशाखको तेस्रो सातादेखि सुरु हुने भएको छ।
आरएस पोखरा फुटबल क्लबको आयोजना प्रतियोगिता १४ देखि २१ बैशाखसम्म पोखरा रंगशालामा सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता सम्पन्न गर्न क्लबले करिब ४५ लाख रुपैयाँको अनुमानित बजेटले बताएको छ।












