• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलपाटी संवाददाता
बिहीबार, असार १२, २०८२ खेलपाटी संवाददाता
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !

काठमाडौं । सरकारले अवैध भनेर कारबाही गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)माथि प्रतिबन्ध लगाउन ओलम्पिकमा आबद्ध दुई तिहाई संघहरुले माग गरेका छन् । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बिहीबार सिंहदरबारमा भेट गरी ओलम्पिकमा आबद्ध दुई तिहाई संघ र तिनका पदाधिकारीले नेपाल ओलम्पिक कमिटीको गतिविधि र आर्थिक क्रियाकलापमाथि प्रतिबन्ध लगाउन र छानबिन गर्न माग गरेका हुन् । 

सरकारले कारबाही गरेपनि नेपाल ओलम्पिक कमिटीको वर्तमान कार्यसमितिले नेपाली खेलकुदको आधिकारिक संस्थाको रुपमा आफुलाई प्रस्तुत गरेर गैरकानुनी रुपमा अन्तराष्ट्रिय सम्झौता, सहमती गरेको उल्लेख गर्दै दुई तिहाई संघले मन्त्रीपरिषद्बाट ओलम्पिक गतिविधिमाथि प्रतिबन्ध लगाउन र ओलम्पिकको अवैध आर्थिक क्रियाकलापको छानविन गर्न माग सहित ज्ञापन पत्र बुझाएका छन् । 

अवैधानिक ओलम्पिक कमिटीको गतिविधिले खेल क्षेत्रमा अन्यौलता सिर्जना गरेको भन्दै नेपाल ओलम्पिक कमिटीको आर्थिक कारोबारको छानविनका लागि मन्त्रीपरिषद्बाट उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ । 

सरकार, अदालत र तत्कालिन समयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीको निर्देशनलाई बेवास्ता गर्दै जीवनराम श्रेष्ठले जबर्जस्ती विधान संशोधनमार्फत नेपाल ओलम्पिक कमिटीको निर्वाचनबाट आफुलाई अध्यक्षमा घोषणा गरेका थिए । श्रेष्ठको अवैधानिक कदममाथि कारबाही गर्दै युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई अवैधानिक घोषणा गरेर कारबाहीको निर्णय गरेको थियो । 

सरकारले कारबाहीको निर्णय गरेपनि ओलम्पिक कमिटी अफ एसिया (ओसिए)का जनरल डिरेक्टर क्याप्टेन हुसेनको आडमा जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए)बाट आफु अनुकुलको निर्णय गराउन सफल भएका थिए । नेपालमा उच्च अदालत पाटनको मुद्धा टुङ्गो नलाग्दै ओसिएका डिरेक्टर क्यापटेन हुसेनले जीवनरामलाई अन्तराष्ट्रिय समर्थन दिलाउने काम गरेका थिए । 

आफ्नो अवैधानिक काममा साथ नदिने नेपाल घोडचढी संघका अध्यक्ष रविराज राजकर्णिकार र ओलम्पिकका निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठलाई कारबाही गर्ने सम्मको निर्णय गराउन जीवनराम र क्याप्टेन हुसेन सफल भएका थिए । क्याप्टेन हुनेस उनै ब्यक्ति हुन्, जो यसअघि ओसिएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका थिए । जीवनराम प्रस्तावक बनेर हुसेनलाई निर्वाचनमा सहयोग गरेका थिए । हुसेनले ओसिएको चुनाव जित्न त सकेनन्, तर नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा जीवनरामको अवैधानिक निर्वाचनलाई वैधानिकता दिलाउन ‘नाङ्गो’ रुपमा लागेर गुन तिरेका छन् । 

सरकारले भने नेपाल ओलम्पिक कमिटीको भवनलाई नियन्त्रणमा लिएर ओलम्पिकको बैंक खातादेखि बन्द गर्नेदेखि अन्तराष्ट्रिय भ्रमणमा रोक लगाउने निर्णय गरिसकेको छ । खेलकुद मन्त्री तेजुलाल चौधरीले वैधानिक हैसियत बिनै संघ संघको प्रतिनिधि बनेर ओलम्पिक निर्वाचनमा जिवनराम श्रेष्ठलाई साथ दिन पुगेका खेल संघलाई कारबाही गर्दै नयाँ निर्वाचितका लागि तदर्थ कमिटी गठन गरिसकेका छन् ।

अन्तराष्ट्रिय समर्थन प्राप्त भएको भन्दै जीवनरामले भने पछिल्लो समय ओलम्पिकको अन्तराष्ट्रिय फोरममा चोर बाटो हुँदै सहभागीता जनाउनेदेखि नेपालभित्र गतिविधि बढाउँदै लगेका थिए । 

अवैधानिक ओलम्पिकको गतिविधि बढ्न थालेपछि ओलम्पिकमा आबद्ध दुई तिहाई संघहरुले मन्त्रीपरिषद्बाट ओलम्पिकको वर्तमान कार्यसमितिमाथि प्रतिबन्ध लगाएर ओलम्पिक विवादको निकास दिन ज्ञापनपत्र बुझाएका हुन् । 

संघको निर्वाचनमा पराजित भएका र वैधानिक हैसियत गुमाएका संघका प्रतिनिधिबाट बहुमत जुटाएर जीवनरामले बिगत दुई दशकदेखि ओलम्पिकमाथि कब्जा जमाएर बसेका छन् । अन्तराष्ट्रिय समर्थन जुटाएर सरकार र नेपाली खेलकुदमा सधै रजगज गर्दै आएका जीवनराममाथि यसपटक सरकार निर्मम तरिकाले अघि बढेको छ । यसपटक समेत अलमलमा पारेर ओलम्पिकमा आफ्नो सत्ता टिकाउने जीवनरामको बदनियतमाथि सरकारले डन्डा चलाएको हो । खेलकुद मन्त्री तेजुलाल चौधरी ओलम्पिकको विषयमा सम्झौता नगरीकन अघि बढ्दा नेतृत्वको हिसाबले जीवनरामको अवैधानिक तेस्रो कार्यकाल महङ्गो पर्ने देखिएको बैठकमा सहभागी एक खेल संघका पदाधिकारीले खेलपाटीलाई बताए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP