बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड

मंगलबार, २४ असार २०८२खेलपाटी संवाददाता
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रशिक्षण अवधिभर आफूमाथि परेको दवाव, अव्यवस्था र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असहज सम्बन्धबारे खुलस्त बोलेका छन्।

‘द काठमाडौं पोस्ट’का खेलकुद रिपोर्टर नायक पौडेलसँगको विशेष कुराकानीमा उनले फुटबलको विकासभन्दा पहिले व्यवस्थापन सुधारिनुपर्ने कुरामा जोड दिए।

भन्छन्,‘समस्या त पहिलो दिनदेखि नै सुरु भएको थियो। खेलाडीहरूलाई होस्टेलजस्तो होटलमा राखिएको थियो। खाना पनि राम्रो थिएन। मैले एन्फालाई सोधें यो बजेटको कारण हो कि अरु केही?’

बेल्जियमका नागरिक वाइल्डलाई एन्फाले एएफसी एसियन कप २०२६ अस्ट्रेलियामा पुर्‍याउने लक्ष्यसहित नियुक्त गरिएको थियो। उनी छनोट खेल्न उज्बेकिस्तान पुग्नुभन्दा २२ दिन अगाडि मात्रै नेपाल आइपुगेका थिए। 

टिमका मुख्य प्रशिक्षक भएर आएका उनलाई अलग होटलमा राखिएको थियो। त्यो निर्णयलाई उनले प्रशिक्षक र टिमबीच दूरी बढाउने अभ्यास भएको भन्दै आपत्ति जनाए।
‘सबै एउटै होटलमा बस्नुपर्छ भनेर भनेपछि उनीहरू (एन्फा) ले मलाई तीनतारे होटल दिन चाहेका थिए, तर मैले चारतारे मागें,’ उनले भने।

तरः उनलाई लाग्यो त्यो मागसँगै एन्फाका पदाधिकारीहरू उनलाई यो प्रशिक्षक ‘सजिलो छैन’ भन्ने श्रेणीमा राख्न थालिसकेका थिए। उनी भन्छन्,‘तर मैले जे मागें त्यो मेरो लागि होइन, खेलाडीहरूको लागि थियो। एन्फा भनेको खेलाडी र फुटबलको लागि हो, होइन र?’

कप्तान छान्ने विषय पनि विवादरहित रहन सकेन। उनले नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई सुरुआती ११ मा खेलाएनन्। उनको सट्टा अनुभवविहीन अञ्जना रानामगरलाई वाइल्डले मौका दिए।

तर, यो विषय खुब आलोचना भयो। हुन् त एन्फाले अञ्जिला सुरुआती ११ मा नपरेपछि रेनुका नगरकोटे कप्तान भएको भन्दै घोषणा गरेको थियो। यसअघिका केही खेलमा पनि उनले अञ्जिलाको उपस्थितिमा टोलीको कप्तानी गरेका थिए।

रेनुका तिनै खेलाडी हुन् जो घाइते हुँदा सन् २०१९ मा अञ्जिलाले कप्तानी पाएकी थिइन्। तर, केही मिनेटपछि नै एन्फाले स्ट्राइकर सावित्रा भण्डारी नेपालको ११औं कप्तान भएको घोषणा गर्‍यो।

तर, एन्फा महासचिव किरण राईले अञ्जिला बेन्चामा हुँदा उपकप्तान सावित्रा भएको कारण कप्तानी जिम्मेवारी दिइएको बताउँछन्। यद्यपि, सावित्राले उपकप्तानी जिम्मेवारी पाएको कहिल्यै एन्फाले घोषणा नै गरेको थिएन।

वाइल्ड भन्छन्,‘गीता राना र सरस्वती हमाल पनि राम्रो खेलाडी हुन्। तर, कप्तान छनोट गर्दा विवाद भयो। त्यसबेलासम्म मै बुझिसकेको थिएँ  म स्वतन्त्र रुपमा काम गर्न पाउँदिनँ।’

सवित्रा नेपालले पाएको अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको उनी स्वीकार्छन्। उनीबिना नेपालले जित्न गाह्रो हुन्छ। छनोट प्रतियोगितामा उनले लगातार दुई ह्याट्रिकसहित ९ गोल गरिन्। उनी नेपालको जर्सीमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ६७ मा पुर्‍याएकी छन्।

उनकै एकल प्रदर्शनमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो। तर, अन्तिम खेलमा नेपाललाई ३–३ को पुनरागमन दिलाइन्। यसमा एक गोल रेखा पौडेलको कर्नर बलमा गीता रानाको पनि रह्यो।

योसँगै नेपाल पेनाल्टी सुटआउटमा पुगेको थियो। तर, पेनाल्टीमा सावित्रा र अञ्जना चुक्दा नेपालले एसियन कप, विश्वकप र ओलम्पिक खेल्ने सबै मौका गुमायो।

खेलाडीहरूको व्यवस्थाबारे पनि उनी गम्भीर छन्। भन्छन्,‘कहिलेकाहीँ होटलमा बरफ (आइस) पनि हुँदैनथ्यो। बरफसम्म नपाइने अवस्था कल्पना गर्न सक्नुहुन्छ? म त्यस्तो प्रशिक्षक होइन, जो केवल कफी पिएर निर्देशन दिन्छु। म खेलाडीहरूसँगै पसिना बगाउन चाहन्छु।’

अन्तर्वार्ताभर वाइल्डले बारम्बार स्वतन्त्रतामाथिको अंकुश र आफूलाई निर्णय लिन नदिएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफू नेपाल पैसा कमाउन नआएको बताएका छन्।

यता एन्फाले उनीसँग एक वर्षको सम्झौता गरे पनि कति रकम उनले पारिश्रमिकस्वरुप पाउने हो भनेर खुलाएको छैन। एन्फाका सिइओ इन्द्रमान तुलाधरले खेलपाटीसँग कुरा गर्दै उनले एक वर्षको आधिकारिक सम्झौता गरेको जानकारी दिए। तर, पारिश्रमिक भने खेलाउन नमिल्ने बताए।

वाइल्ड भन्छन्,‘मेरो तलब कति छ भन्ने कसैलाई थाहा छ? म पैसा कमाउन नेपाल आएको होइन। म पैसाको लागि आएको होइन भने किन अरुको दबाबमा काम गर्नु?’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा