बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

के होला वाइल्डेको भविष्य?

सोमबार, २३ असार २०८२खेलपाटी संवाददाता
के होला वाइल्डेको भविष्य?
Loading ad...
mustang rice ad

काठमाडौं। २६ वर्षपछि एएफसी महिला एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको यात्रा समूह चरणमै टुंगियो। 

कमजोर प्रतिद्वन्द्वीमाथिको सशक्त जितले सुरुमा आशा जगायो। तर, निर्णायक खेलमा बलियो टिम उज्बेकिस्तानसँग पेनाल्टीमा ४–२ ले पराजित भएसँगै नेपालको सपना अधुरै रह्यो।

पहिलो खेलमा नेपालले लाओसमाथि ९–० को जित दर्ता गरेको थियो। त्यसपछि श्रीलंकामाथि ८–० को फराकिलो नतिजाले टोलीको मनोबल उच्च बनायो। तर, अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग ३–३ को रोमाञ्चक बराबरीपछि खेल पेनाल्टीमा पुग्यो र नेपाल चुक्यो।

नेपाललाई एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ मा पुर्‍याउने लक्ष्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेल्जियमका नागरिक प्याट्रिक डी वाइल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो। एक वर्षे सम्झौतामा आएका वाइल्डे अहिले नतिजाको मूल्याङ्कनको मोडमा पुगेका छन्।

निर्णायक खेलमा नतिजा हात पार्न नसकेपछि उनको भविष्य अन्योलमा छ। नेपाली टोली सोमबार स्वदेश फर्किएको छ। तर, वाइल्डे भने टोलीसँगै नफर्की बेल्जियम प्रस्थान गरेका छन्। एन्फा महासचिव किरण राईका अनुसार प्रशिक्षक वाइल्डे केही समयको विश्रामपछि मात्रै काठमाडौं फर्किने छन्।

वाइल्डे फर्किएपछि मात्रै निरन्तरता दिने वा नदिने भन्ने टुंगो लाग्ने उनी बताउँछन्। ‘अहिलेसम्म उहाँसँग प्रत्यक्ष कुरा भएको छैन। यो नतिजापछि उहाँको मानसिक अवस्था के छ भन्ने हामीलाई थाहा छैन। उहाँ फर्किएपछि मात्रै उहाँको भविष्यबारे टुंगो लाग्नेछ,’ उनले भने।

हालको परिदृश्यमा नेपाली महिला टोलीको अगाडि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता तत्काल छैन। त्यसैले प्रशिक्षक वाइल्डेको निरन्तरता वा अलग्गिने निर्णय निकट भविष्यमै तय हुने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा