रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता
बिहिबार, १० बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोनाले रियल मड्रिडमाथि आफ्नो नौ अंकको अग्रता पुनः कायम गरेको छ। बुधबार सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध १–० को जित निकालेको हो।
बार्सिलोनालाई जित दिलाउन लामिन यमलले ४०औं मिनेटमा गोल गरे। गोल गरेलगत्तै उनले बेन्चतर्फ हेर्दै आफू घाइते भएको संकेत गरेका थिए।
यस साँघुरो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिड माथि पुनः ९ अंकको अग्रता कायम गरेको छ। रियलले मंगलबार अलाभेसलाई २–१ ले हराएको थियो। बाँकी ६ खेलमध्ये शीर्ष दुई टोलीबीच मे १० मा ‘एल क्लासिको’ खेल हुने तालिका छ।












