बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पेनाल्टी हान्दा यमल घाइते

बिहिबार, १० बैशाख २०८३खेलपाटी संवाददाता
पेनाल्टी हान्दा यमल घाइते
Loading ad...
mustang rice ad

काठमाडौं। बार्सिलोनाका युवा फरवार्ड लामिन यमल सेल्टा भिगोविरुद्ध स्पेनिस ला लिगाको खेलमा पेनाल्टी प्रहार गर्ने क्रममा घाइते भएका छन्।

बुधबार भएको उक्त खेलमा यमलले ४०औं मिनेटमा बार्सिलोनाको पहिलो गोल गरे। गोल गरेलगत्तै उनले बेन्चतर्फ हेर्दै आफू घाइते भएको संकेत गरेका थिए।

यस साँघुरो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रियल मड्रिडमाथि पुनः ९ अंकको अग्रता कायम गरेको छ।

रियलले मंगलबार अलाभेसलाई २–१ ले हराएको थियो। बाँकी ६ खेलमध्ये शीर्ष दुई टोलीबीच मे १० मा ‘एल क्लासिको’ खेल हुने तालिका छ। खेलको क्रममा यमलले ड्यानी ओल्मोसँग पास आदान–प्रदान गर्दै पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेका थिए। त्यस क्रममा सेल्टाका डिफेन्डर योएल लागोले उनलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो।

यमलले गोलकिपर आयोनुट राडुलाई छल्दै बललाई जमिनमै राखेर गोल गरेका थिए। यद्यपि, गोलकिपरले सही दिशातर्फ ड्राइभ लगाएका थिए। गोलपछि सहकर्मीहरू उत्सव मनाउन आइपुग्दा यमल मैदानमै ढले र बायाँ खुट्टाको पछाडिको भाग समातेका देखिए।

चिकित्सकको उपचारपछि उनी आफैं हिँडेर मैदान बाहिरिए। साइडलाइनमा प्रशिक्षक हान्सी फ्लिकसँग छोटो कुराकानी गरेपछि उनी एक्लै ड्रेसिङ रुमतर्फ गएका थिए। १८ वर्षका यमल आगामी जुनमा हुने २०२६ विश्वकपमा स्पेनबाट डेब्यु गर्ने तयारीमा छन्।

खेलकै क्रममा दर्शकदीर्घामा एकजनाको स्वास्थ्य समस्या देखिएपछि खेल १५ मिनेटभन्दा बढी समय रोकिएको थियो। खेल पुनः सुरु हुँदा यमलको स्थानमा रूनी बार्डघजी मैदानमा आएका थिए।

बार्सिलोनाका मिडफिल्डर पेड्रीले भने,‘हामीले हरेक खेल जित्नुपर्छ र सकेसम्म छिटो ला लिगा उपाधि सुनिश्चित गर्नुपर्छ। आजको जित महत्त्वपूर्ण थियो। लामिनको चोट केही हप्तामात्र रहोस् भन्ने आशा छ। भोलि परीक्षण हुनेछ, त्यसपछि थाहा हुनेछ।’

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि पहिलो खेल खेलिरहेको बार्सिलोना यस खेलमा सामान्य आक्रामक देखिएको थियो। गोलकिपर जोआन गार्सियाले सुरुआती समयमा पाब्लो डुरान र फेरान जुट्ग्लाको प्रहार रोक्दै टोलीलाई जोगाएका थिए।

दोस्रो हाफमा बार्सिलोनाले खासै अवसर सिर्जना गर्न सकेन। फरान टोरेसले पेद्रीको पासमा भलीमार्फत गोल गरे पनि अफसाइडका कारण त्यो गोल रद्द भयो।

बार्सिलोना पूर्वडिफेन्डर मार्कोस अलोन्सोको फ्रिकिक पनि पर्खालमा लागेर फर्किएपछि बार्सिलोनाले अन्ततः महत्त्वपूर्ण ३ अंक सुरक्षित गर्‍यो।

अब बार्सिलोना शनिबार गेटाफेसँग खेल्नेछ भने रियल म्याड्रिडले शुक्रबार रियल बेटिससँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो स्थानमा रहेको भिल्लारियल रियल मड्रिडभन्दा १२ अंकले पछाडि छ, तर उसले एक खेल कम खेलेको छ र बिहीबार रियल ओभिएडोसँग खेल्दैछ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको एट्लेटिको मड्रिड भने १६औं स्थानको एल्चेसँग ३–२ ले पराजित भएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित