संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

भद्रपुर। संकटा फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै एपीएफ एफसी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा एपीएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ।
निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि भएको सडन डेथमा एपीएफ भाग्यमानी सावित हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो।
सडन डेथमा पनि ३–३ जना खेलाडीले गोल प्रहार गरेका थिए। प्रतीक्षा राईको गोल बाहिरिएपछि संकटा घर फर्किएको हो। सडन डेथमा एपीएफका सरु लिम्बू, हिराकुमारी भुजेल र अञ्जना रानामगरले गोल गरेका थिए। संकटाका तर्फबाट सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले गोल गरेका थिए।
यसअघि भएको टाइब्रेकरमा एपीएपका गीता राना, अनिता बस्नेत र रश्मिकुमारी घिसिङले गोल गरेका थिए भने अनिता केसी र रेनुका नगरकोटीको प्रहारलाई संकटाका गोलकिपर सुशीलाकुमारी चौधरीले बचाउ गरेकी थिइन्।
टाइब्रेकरमा संकटाका तर्फबार यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुसिया लिलाले गोल गरेका थिए भने पूर्णिमा राईको प्रहार बचाउ भएको थियो तथा सुनिता भुलनको प्रहार बाहिरिएको थियो।









-1776931409919.jpeg&w=3840&q=75)


