काठमाडौं । सुरूआति अग्रता जोगाउन नक्दा इटाली युइएफए महिला च्याम्पियनसिपमा पोर्चुगलसँग रोकिएको छ।
स्विट्जरल्यान्डको स्टेड डे जेनेभमा सोमबार सम्पन्न खेलमा यी दुई टोलीले १-१ को बराबरी खेलेका हुन्।
यो नतिजासँगै दुई खेलमा चार अंक जोडेको इटाली समूह ‘बी’ को दोस्रो स्थानमा छ। समान खेलबाट पहिलो अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा छ।
इटालीका लागि क्रिस्टियाना गिरेली र पोर्चुगलका लागि डायना गोमेसले गोल गरिन्।
खेलको ७०औं मिनेटमा गिरेलीको गोलमार्फत इटालीले अग्रता लिएको थियो। तर, निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोमेसले पोर्चुगललाई बराबरीमा ल्याइन्।