बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा

मंगलबार, २४ असार २०८२खेलपाटी संवाददाता
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। विश्वकप विजेता स्पेनले सोमबार बेल्जियमलाई ६–२ ले पराजित गर्दै महिला युरोपियन च्याम्पियनसिप (युरो २०२५) को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

यो जितसँगै स्पेनले युरोमा पहिलोपटक लगातार दुई खेल जित्ने इतिहास बनाएको छ। पहिलो खेलमा पोर्चुगललाई ५–० ले हराएको स्पेनले दुई खेलमा कुल ११ गोल गरिसकेको छ।

दुईपटककी बालोन डी’ओर विजेता एलेक्सिया पुटेलासले बेल्जियमविरुद्ध दुई गोल गर्दै लगातार दोस्रो पटक ‘प्लेयर अफ द म्याच’ बन्न सफल भइन्। 

खेलपछि उनले भने, ‘हामी उत्कृष्ट प्रदर्शन गरिरहेका छौं। तर, अझै धेरै सुधार गर्न बाँकी छ। म अहिले मानसिक रूपमा उत्कृष्ट महसुस गरिरहेकी छु। खेल हेर्ने र बुझ्ने क्षमताले मलाई सहयोग पुर्‍याइरहेको छ। त्यसैले म अरूलाई पनि सहयोग गर्न सकिरहेको छु।’

स्पेनले समूह ‘बी’को शीर्ष स्थानमा ६ अंकसहित कब्जा जमाएको छ। इटाली दोस्रो स्थानमा ४ अंकसहित छ भने पोर्चुगलको १ अंक छ। 

बेल्जियम अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिसकेको छ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। अब स्पेनले शुक्रबार इटालीसँग अन्तिम खेल खेल्नेछ भने पोर्चुगल र बेल्जियमबीच अर्को खेल हुनेछ।

खेलको सुरुआतदेखि नै स्पेनले बेल्जियमको पोस्टमा दबाब बनायो। मारियोना काल्देन्टेइको पासमा भिक्की लोपेजले बल सजिलै सेट गरिन् र पुटेलासले कुनामा सुन्दर फिनिस गरिन्।

तर, दुई मिनेटमै बेल्जियमले टेस्सा वुल्लार्टको कर्नरमा जस्टिन भानहेवर्माएतले हेडर गर्दै खेल बराबरीमा ल्याइन्।

स्पेनकी कप्तान आइरेने पारेदेसले कर्नरबाट आएको बललाई हेडर गर्दै खेल २–१ बनाइन्। दोस्रो हाफको सुरुआतमै बेल्जियमले फेरि बराबरी गर्‍यो। हान्ना यूरलिङ्सको गोल पहिले अफसाइड भनेर रद्द गरिएको थियो। तर, भिएआरमार्फत गोल मान्यता दिइयो।

लगत्तै पुटेलासको पासमा एस्टर गोन्जालेजले स्पेनको लागि तेस्रो गोल गरिन्। त्यसपछि गोन्जालेजको प्रहार रोकिन जाँदा मारियोनाले फिनिस गर्दै चौथो गोल थपिन्।

क्लाउडिया पिनाले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै खेलको सबैभन्दा मनमोहक क्षण दिइन्। त्यसपछि पुटेलासले आफ्नो दोस्रो गोल गर्दै स्कोरलाई ६–२ मा पुर्‍याइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा