सोमबार, १८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च

बुधबार, ३१ बैशाख २०८२खेलपाटी संवाददाता
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कार्यक्रम स्वीकृत नगरी डेढ अर्ब बजेट खर्च गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा युवा तथा खेलकुद मन्त्रालयबाट राखेपले १ अर्ब ७८ करोड ५६ लाख ८० हजार रुपैयाँ प्राप्त गरेको थियो। तर,  १ अर्ब ४९ करोड ५१ लाख ९८ हजार रुपैयाँ बजेट तथा कार्यक्रम स्वीकृत नै नगरी राखेपले खर्च गरेको पाइएको हो। 

प्रतिवेदनअनुसार राखेपले आफूखुसी अनुदान दिने गरेको पाइएको छ। राष्ट्रिय खेल संघलाई खेलकुद कार्यक्रम सञ्चालन गर्न अनुदानबापत २ करोड ५० लाख रुपैयाँ प्रदान गरेको  महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

यस्तै, सदस्यसचिव टंकलाल घिसिङ संयोजकत्वको कार्यकारी समितिले २०८१ जेठ १६ को निर्णयका आधारमा २७ संघलाई न्यूनतम १ लाखदेखि अधिकतम ३४ लाखसम्म र १४ क्लबलाई ५० हजारदेखि ९ लाख रुपैयाँसम्म अनुदान दिएको प्रतिवेदनमा छ ।

यस्तै, कर्मचारी संख्या १ हजार वृद्धि नगर्ने, साबिकको श्रेणीअनुरुपको दरबन्दी वृद्धि नहुने तथा थप आर्थिक दायित्व नपर्ने गरी संरचना मिलान गर्न अर्थ मन्त्रालयको २०७५ कात्तिक २५ को निर्णयअनुसार सहमति भए पनि संरचना मिलान नभएको प्रतिवेदनमा उल्लेख छ।

‘खेलकुद ऐनमा परिषदले भन्ने भएकाले मैले कार्यकारी समितिबाट पास गरी परिषद बैठकमा राख्नका लागि तत्कालिन अवस्थामा खेलकुद मन्त्रीलाई अनुरोध गर्दा बैठकनै राख्नु भएन ।’ राखेप सदस्य सचिव टंकलाल घिसिङले भने, ‘जुन बजेट क्याबिनेटबाट संसदमा पेश भएर पास भएको बजेटलाई पासनै नगरी भन्ने महालेखाको टिप्पणी गलत छ ।’ 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम