• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
राइजिङ स्टार ओपन टेनिस सुरु, आर्यन र अभिनवको विजयी सुरुआत
खेलपाटी संवाददाता
शनिबार, जेठ २७, २०८० खेलपाटी संवाददाता
राइजिङ स्टार ओपन टेनिस सुरु, आर्यन र अभिनवको विजयी सुरुआत

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता सुरु भएको छ ।

राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सुरु भएको हो ।

पहिलो दिन पुरुष एकलमा आर्यन गिरिले बिष्णु नेपालीलाई ६-० र ६-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।

अभिनव आचार्यले अर्याश गुरुङलाई ६-० र ६-० ले हराए ।  युगेन शेर्पाले विनय यादवलाई ६-० र ६-० ले हराए । देभासस रेउलेले सौगात श्रेष्ठलाई ७-५ र ६-३ ले हराए । शंकर हेइजानन र नविन श्रेष्ठले वाक ओभर पाउँदै अर्को चरणमा स्थान बनाए ।

३५ वर्षमाथिको पुरुषमा राजन श्रेष्ठले प्रवेश पन्तलाई ६-०,६-३ ले हराए । सेबू प्रसाद शर्माले अनिश मान श्रेष्ठलाई ६-०,६-२ ले हराए । सोवित गौचनले सुनिभ राजभण्डारीलाई ६-३,७-५ ले हराए भने प्रणव मल्लले माधव सिंह विष्टलाई ६-१,६-३ ले हराए । सबिन श्रेष्ठ, सोनाम शेर्पा र मुक्ति सेन गुरुङले वाकओभर पाए । 

४५ वर्षमाथि पुरुषमा गोपाल प्रसाद ज्ञवाली, उत्तम कुमार लामा, मनोज बिक्रम शाह, गोपी भट्टराई, सुकमान तामाङ, माधव थापा, विरेन्द्र लामा, विकास गुरुङ, अपूर्व जंग थापा, मान बहादुर कटुवाल, महेश श्रेष्ठ, उत्तम बोगटी, एमडी युनुस, विमल वाइबा र तोङबान तुलेश्वोरले दोस्रो चरणमा स्थान बनाएका छन् ।

३५ वर्ष पुरुष डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडी, दावा शेर्पा र सेबू शर्माको जोडी, अनिल शाही र गोपी भट्टराईको जोडी, महेश श्रेष्ठ र जितेन्द्र परियारको जोडी, सुर्बत बस्नेत र मुक्ति गुरुङको जोडी,समिर गुरुङ र कृष्ण उप्रेतीको जोडी,सिमान्त गुरुङ र सन्तोष खत्रीको जोडी तथा भिष्म गुरुङ र राजु क्षेत्रीको जोडीले दोस्रो चरणमा स्थान बनाएका छन् ।

यू-८ ब्वाइजमा आयन पन्त, आहान भट्टराई, जिभास भट्टराई,भिरल अग्रवाल, सर्भाग्य जंग खत्री, आहान केडिया, अनमोल श्रेष्ठ, अबिर केडिया, सफल जंग घले, जिबेश भट्टराई र तोनिस श्रेष्ठ दोस्रो चरणमा स्थान बनाएका छन् ।

यू-१० ब्वाइजमा विश्व विशेष डल्लाकोटी, अद्रित मल्ल, भिदान्त चालिसे, निश्चल ज्ञवाली, अर्याश राज पौडेल, कृतन्य शाह, सभ्य जंग कार्कीले दोस्रो चरणमा स्थान बनाउदा यू-९ ब्वाइजमा संघर्ष फोडर, आहान केडिया र ह्याप्पी श्रेष्ठले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

यू-८ गर्ल्समा राजश्री जोशी, ताभसी राणा, आईरिस श्रेष्ठ, समृद्धि खत्री, नैरे सी घले, जिभाश्री भट्टराई, आयना भाद्र, निम्ति कुँवर, आईरिस श्रेष्ठ, समृद्धि खत्री र  जिभाश्री भट्टराईले दोस्रो चरणको यात्रा तय गरेका छन् ।

यू-९ गर्ल्समा कृष्णा बंसल , जिभाश्री भट्टराई, नोर्गिमा लामा र राजश्री जोशीले अर्को चरणको यात्रा तय गरेकी छन् ।

आगामी असार २ गतेसम्म आयोजना हुने प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा जुनियर्स र सिनियर्स र भेट्रान्स विधा समावेश गरिएको छ ।

प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् । यस्तै मेन्स र वुमन्सको सिंगल÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जानकारी दिए  ।

जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP