ओसाकाको सानदार सुरुआत

काठमाडौं। चारपल्टकी ग्रान्डस्लाम विजेता नाओमी ओसाकाले सोमबार आफ्नो सिजनको सुरुआत सोझो सेटमा गर्दै विश्व नम्बर एकमा स्थान बनाउने प्रयास गरेकी छन्। जापानी खेलाडीले सन् २०२५ को सिजन अकल्यान्ड क्लासिकमा सुरु गरेकी छन्।
जुलाई २०२३ मा छोरी शाईलाई जन्म दिएको एक वर्ष पछि उनी कोर्टमा फर्किएकी थिइन्। त्यसयता जापानी स्टार निरन्तरताको लागि संघर्ष गरिरहेकी छन्। अहिले ५७औं स्थानमा रहेकी उनले आइतबार जितको भोक अझै पनि उस्तै रहेको र आफ्नो पहिलेको महिमालाई फेरि दोहोर्याउनेमा आफू विश्वस्त रहेको बताएकी थिइन्।
सेरेना विलियम्सका प्रशिक्षक प्याट्रिक मौराटोग्लुको नेतृत्वमा २७ वर्षीया ओसाकाले अकल्यान्ड क्लासिकमा उत्कृष्ट प्रदर्शन गर्दै २२१औं वरीयताकी इजरायलकी लिना ग्लुस्कोलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरिन्।
तर, उनले ग्लुस्कोसँग जित निकाल्न धेरै मिहिनेत गर्नुपरेको थियो। उनले अर्को चरणमा स्पेनिस क्वालिफायर लेयर रोमेरो गोर्माज या अस्ट्रियाकी जुलिया ग्राबरमध्ये एकसँग खेल्नेछिन्।






1686853912-1760864621059.avif&w=3840&q=75)









