क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित
बुधबार, ३० बैशाख २०८३खेलपाटी संवाददाता
-1778676153265.jpeg&w=3840&q=75)
विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाइटेस कप–२०२६ सिरिज बराबरीमा सएिको छ।
बुधबार बिहान विराटनगर वर्षा भएपछि मैदानमा पानी जमेर क्रिकेट युनाइटेस कप सिरिज अन्तर्गत बागमती प्रदेश र इक्वालिटी कप–११ विचको खेल रद्द भएपछि तीन खेलको सरिज १–१ को बराबरीमा सकिएको छ। पहिलो खेल इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमती प्रदेश २२ रनले विजयी भएको थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी इक्वालिटी कप–११ की टीका साह घोषित भइन् भने उत्कृष्ट ब्याटर इक्वालिटी कप–११ की सानु राजवंशी , उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदीयमान खेलाडी पनि बागमतीकी लक्ष्मीमाया रुम्बा घोषित भइन्।







-1778556752495.jpeg&w=3840&q=75)






