बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार

आइतबार, २८ बैशाख २०८२खेलपाटी संवाददाता
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
Loading ad...
mustang rice ad

काठमाडौं। लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस) करिअरको सबैभन्दा ठूलो हार बेहोरेका छन्। उनको टोली इन्टर मियामी शनिबार मिनेसोटा युनाइटेडसँग ४–१ ले पराजित भएको हो।

अर्जेन्टिनी स्टार मेसीले दोस्रो हाफमा एक गोल गरे तापनि मियामीको कमजोर डिफेन्स फेरि उजागर भयो। त्यसैले गर्दा टोलीले पछिल्ला पाँचमध्ये चार खेलमा हार बेहोर्नुपर्‍यो। ती पाँच खेलमा मियामीले १४ गोल खाएको छ।

लुइस सुआरेज चोटग्रस्त भएकाले प्रशिक्षक जेभियर माश्चेरानोले स्ट्राइकरविहीन रणनीति अपनाएका थिए। उनले मेसीलाई पाँच मिडफिल्डरको अगाडि स्वतन्त्र रूपमा खेलाएका थिए।

३२औं मिनेटमा जोआक्विन पेरेयराबाट कार्लोस हार्भी हुँदै आएको पासलाई दक्षिण अफ्रिकी स्ट्राइकर बोंगोखिमे ह्लोङ्वानेले गोलमा परिणत गर्दै मिनेसोटालाई अग्रता दिलाए।

६ मिनटपछि मेसीले पहिलो पटक आफ्नो उपस्थिति अनुभूति गराउँदै डिफेन्सबीच केही स्पेस पाए पनि उनको शट कमजोर रह्यो। पहिलो हाफको अन्त्यमा माइकल बक्सालको लामो थ्रो इनलाई निकोलास रोमेरोले हेडर गरेर अगाडि बढाए। जसलाई एन्टोनी मार्कानिचले पछिल्लो पोस्टमा हेडर गर्दै गोलमा परिणत गरे।

दोस्रो हाफको तेस्रो मिनेटमा जोर्डी आल्बाबाट पास पाएपछि मेसीले आफ्नो ट्रेडमार्क पहिलो टच र घातक फिनिशमार्फत गोल फर्काउँदै खेल २–१ बनाए।

तर, मिनेसोटाले तत्कालै खेलमा फर्कियो। टानी ओलुवासेयीको कर्नर हेडरलाई मियामी डिफेन्डर मर्सेलो वेगान्टले आफ्नै पोस्टमा गोल गरे। त्यसपछि ओलुवासेयीले नोआ एलनलाई पछ्याउँदै बल रोबिन लोडलाई पास गरे। बक्सको छेउबाट साइड फुट फिनिस गर्दै गोल गरे। योसँगै मिनेसोटा ४–१ ले विजयी भयो।

खेलपछि माश्चेरानोले योजनामा स्ट्यान्ड-इन फरवार्ड फाफा पिकाउल्टलाई खेल अघि माइग्रेन भएपछि समस्या परेको बताए। ‘मिनेसोटाले ट्रान्जिसन र सेट पिसमार्फत हानी पुर्‍याउन सक्छ भन्ने हामीलाई थाहा थियो र त्यही भयो। जुन कुराको तयारी गरेका थियौं, त्यहीबाट पराजित भयौं,’ उनले भने।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य