सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि

शनिबार, बैशाख २०, २०८२खेलपाटी संवाददाता
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
Classic Tech Internet Ad

काठमाडौं। आरभसम्राट हाडा र स्वस्तिका विष्टले शनिबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने। दुवै नयाँ च्याम्पियन  हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। आरभको समग्रमा तेस्रो सिनियर सिंगल्स उपाधि हो। यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए। 

निहालजंगबहादुर थापा र राजवीर प्रधान तेस्रो भए। आठौं र दसौं संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वाटरफाइनलमै रोकिए। प्रदीपलाई राजवीरले क्वार्टरफाइनलमा हराएका थिए।

महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले नवौं र दसौं संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराइन्। ४ वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिंगल्स उपाधि हो। आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेश्रो स्थानमा चित्त बुझाए। 

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार पाए। प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने।

काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी पहिलो भए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

Bajaj Pulsar Motorcycle Ad

एथलेटिक्स टोली भारत जाने

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा