सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मियामीमाथि मिनेसोटाको प्रभावशाली जित

आइतबार, बैशाख २८, २०८२खेलपाटी संवाददाता
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
Classic Tech Internet Ad

काठमाडौं। मिनेसोटा युनाइटेडले आइतबार इन्टर मियामीमाथि ४–१ को प्रभावशाली जित निकालेको छ।

मिनेसोटा (६ जित, २ हार, ४ बराबरी) ले अघिल्लो खेलमा अस्टिनलाई ३–० ले हराउँदै तीन खेलको जितविहीन यात्रा तोडेको थियो। मिनेसोटाको जितमा बोङ्गोकुले ह्लोङ्गवाने, एन्थोनी मर्कानिच र रोबिन लोडले गोल गरे।

ह्लोङ्गवानेले ३२औं मिनेटमा सिजनको पहिलो गोल गर्दै मिनेसोटालाई १–० को अग्रता दिलाए। कार्लोस हार्भीको पासमा उत्कृष्ट समय मिलाउँदै डिफेन्स पछाडि दौडिएर उनले सिक्स यार्ड बक्सको दायाँ कुनाबाट एक टचमा गोल गरेका थिए। ह्लोङ्गवानेले गत सिजन करिअरकै सर्वाधिक ११ गोल गरेका थिए।

मर्कानिचले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै स्कोर २–० बनाए। यो उनको लगातार दोस्रो खेलमा दोस्रो गोल हो र एमएलएस करिअरको तेस्रो। माइकल बक्सालको लामो थ्रो-इनलाई निकोलस रोमेरोले हेडरमार्फत पास गरे। जसलाई मर्कानिचले नजिकैबाट हेडर गर्दै गोलमा परिणत गरे। २१ वर्षीय रोमेरोको यो एमएलएस करिअरको पहिलो असिस्ट हो।

मियामीका लागि लिओनेल मेसीले ४८औं मिनेटमा गोल गर्दै स्कोर २–१ मा झारे। मियामीका मार्सेलो वेगाण्ड्टले ६८औं मिनेटमा आत्मघाती गोल गर्दै मिनेसोटालाई ३–१ को अग्रता दिए। त्यसपछि ७०औं मिनेटमा तानी ओलुवासेयीको पासमा रोबिन लोडले एक टचमा सिजनको पहिलो गोल गर्दै जित सुनिश्चित गरे।

मियामी (६ जित, २ हार, ३ बराबरी) ले अघिल्लो खेलमा न्यूयोर्क रेड बुल्सलाई ४–१ ले हराएको थियो। मियामीले जुन २०२२ मा घरमै भएको पहिलो तथा एकमात्र भेटमा मिनेसोटालाई २–१ ले पराजित गरेको थियो। यस खेलमा लुइस स्वारेज व्यक्तिगत कारणले मैदानमा थिएनन्।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

Bajaj Pulsar Motorcycle Ad
बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने