बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन

बिहिबार, २५ पौष २०८१खेलपाटी संवाददाता
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
Loading ad...
mustang rice ad

काठमाडौं। भाटभटेनी सुपर मार्केटले टेनिसकी युवा खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ।

नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने निरन्तरको प्रयास स्वरूप भाटभटेनीले टेनिसकी युवा खेलाडी शिभालीलाई २० लाख रुपैयाँको प्रायोजन गरेको हो।

कर्पोरेट प्रायोजनले एसियाकी शीर्ष यु–१४ खेलाडी बन्ने शिभालीको यात्रामा थप उचाइ प्रदान गर्ने विश्वास लिइएको भाटभटेनीले जनाएको छ। 

हाल एसियन टेनिस फेडरेसनको यु– १४ गल्र्स वरीयतामा उनी १२औं स्थानमा रहेकी छन्। उनी यस वर्ष शीर्ष १० मा पर्नका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणसहित नियमित कडा अभ्यास गरिरहेकी छन्।

एक वर्षको सम्झौता अनुसार भाटभटेनी सुपर मार्केटले प्रमुख प्रयोजकको रूपमा एक लाख ८० हजार, भाटभटेनी अन्तर्गतको डार्क एन्ड ब्राउन र टिपले २ लाख ४० हजार रुपैयाँ (संयुक्त), इन्फिनिटीले २ लाख ४० हजार रुपैयाँ, पेपे पिज्जाले २ लाख ४० हजार रुपैयाँ वार्षिक रुपमा प्रायोजन गर्नेछन्।

यस्तै, ट्रस्ट नेपाल ओभरसिज र ट्रान्सफर्मर नेपालले समान ५/५ लाख रुपैयाँ शिभालीलाई उपलब्ध गराउनेछन्। भाटभटेनीले आफ्ना कर्पोरेट ब्रान्डबाट शिभालीलाई एक वर्षको २० लाख रुपैयाँको प्रायोजन गरेको हो।

भाटभटेनी होल्डिङले १ लाख रुपैयाँ बराबरको सामान शिभालीलाई प्रदान समेत गर्ने बताइएको छ।

भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीहरू तयार पार्ने आफ्नो लक्ष्य अनुसार शिभालीलाई प्रायोजन गरिएको बताए।  

शिभालीले प्राप्त प्रायोजन रकमले आफ्नो खेल जीवन बदल्ने अवसर प्रदान हुने उल्लेख गरेकी छन्। 

भाटभटेनी होल्डिङ्सका कर्पोरेट हेड आलोक जोशीले युवा खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यको निरन्तरता स्वरूप शिभालीलाई प्रायोजन प्रदान गरिएको बताए। 

१३ वर्षकै उमेरमा शिवालीले उल्लेखनीय उपलब्धिहरू हासिल गरेकी छन्। उनले यु–१८ नेपाल च्याम्पियनसिप जितेकी थिइन्। यस्तै, आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० फाइनलमा पुगेकी छन्। र, थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेकी छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने