सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाको ध्यान एल क्लासिको जितमा

आइतबार, बैशाख २८, २०८२खेलपाटी संवाददाता
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
Classic Tech Internet Ad

काठमाडौं। हान्सी फ्लिकलाई राम्रोसँग थाहा छ– इटालियन क्लब इन्टर मिलानसँग च्याम्पियन्स लिगबाट नाटकीय तरिकाले बाहिरिएपछि बार्सिलोनाका लागि सबैभन्दा क्षतीपूर्ती असुलउपर गर्ने माध्यम भनेकै स्पेनको लिग उपाधि नजिक्याउने एल क्लासिको जित नै हो।

‘इन्टरसँगको खेल सहज थिएन। तर, म अहिले हाम्रो टिमको प्रदर्शनमा सन्तुष्ट छु,’ बार्सिलोनाका जर्मन प्रशिक्षक फ्लिकले शनिबार भने। बार्सिलोना आइतबार साँझ रियल मड्रिडलाई घरेलु मैदानमा आतिथ्य गर्दैछ। यो खेलले ला लिगा उपाधि निणर्यमा ठूलो प्रभाव पार्नेछ।

बार्सिलोना इन्टरविरुद्ध अन्तिम मिनेटसम्म ३–३ को बराबरीमा रहेर अतिरिक्त समयमा खेल फर्किने प्रयास गरिरहेको थियो। तर, अन्तिम क्षणमा इन्टरले गोल गर्दै ४–३ को जित निकाल्यो। अब इन्टरले पेरिस सेन्ट-जर्मेन (पिएसजी)सँग फाइनल खेल्नेछ। बार्सिलोना भने अब आफ्नै देशको डबल उपाधि जित्ने लक्ष्यमा ध्यान केन्द्रित हुनेछ। त्यो पनि रियललाई यो सिजन कुनै मुख्य उपाधिबिना नै छाड्दै।

बार्सिलोना अहिले ला लिगामा रियलभन्दा चार अंकले अघि छ। यस सिजन तीनवटै क्लासिकोमा बार्सिलोनाले जित निकालेको छ, जसमध्ये पछिल्लो जित कोपा डेल रे फाइनलमा निस्किएको हो। फ्लिकको पहिलो सिजनमै क्लासिकोमा ४–४ को अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हुनेछ।

‘हामीले इन्टरसँगको खेलपछि छलफल गरिसकेका छौं र आगामी दुई हप्तामा के गर्ने भन्नेबारे पनि योजना बनाएका छौं, फ्लिकले थपे,‘अब चार खेल बाँकी छन् र क्लासिको खेल हाम्रो आत्मविश्वास देखाउने मौका हो।’ फ्लिकका अनुसार लेफ्ट ब्याक एलेजान्ड्रो बाल्डे र स्ट्राइकर रोबर्ट लेवान्डोस्की आइतबारको खेलमा दोस्रो हाफबाट केही मिनेट मैदानमा देखिने छन्।

बायाँ तिघ्राको चोट लागेका कारण बाल्डेले इन्टरविरुद्धको खेल गुमाएका थिए। उनको स्थानमा युवा खेलाडी जेरार्ड मार्टिनले खेलेका थिए, तर डिफेन्समा संघर्ष गरेका थिए। लेवान्डोस्कीले यस सिजन बार्सिलोनाका लागि ४० गोल गरिसकेका छन्। 

दुई साता चोटका कारण बाहिर बसेपछि इन्टरविरुद्ध केही मिनेट मात्र खेलेका थिए। सम्भवत: आइतबारको क्लासिकोमा फेरान टोरेसले सुरुआत गर्नेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

Bajaj Pulsar Motorcycle Ad
बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने