• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शुक्रवार, फाल्गुन १४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
गलत मान्छेको हालीमुहाली हुन दिन्न – चन्द
64x64
शनिवार, आश्विन ११, २०७६ निशान राई
चतुरबहादुर चन्द । फाेटाे : खेलपाटी

सुदुरपश्चिमको कांग्रेस राजनीतिमा चतुरबहादुर चन्द चिनिएको नाम हुन् । शिक्षण पेशामा आबद्व भएपनि उनी कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशिल रहे । जब शिक्षण पेशाबाट अवकास पाए, सिधै बैतडीको जिल्ला उप सभापतिमा नियुक्त भए । सुदुरपश्चिम क्षेत्र कांग्रेसमा संस्थापन नामका लागि चिनिन्छ, तर उनी कोईराला परिवारको विशेष मान्छे हुन् । उनी सुदुरपश्चिममा जिपी कोईराला फाउण्डेशनको नेतृत्व गर्छन् ।

राजनीतिमा जस्तै उनले क्रिकेटमा समेत नाम बनाए । विनयराज पाण्डे नेतृत्वको क्यानको उपाध्यक्ष रहि सकेका चन्द क्यानको निर्वाचनबाट अध्यक्ष समेत चुनिए । तर निर्वाचनलाई अवैधानिक भन्दै आईसीसीले उनको नेतृत्वको क्यानलाई निलम्बन गरिदियो ।

आईसीसीले निलम्बन गरेर के भो त, उनी निरन्तर क्रिकेट राजनीतिमा सक्रिए रहे । निर्वाचित भईसकेपछि उनले प्रत्येक जिल्लासंग सम्पर्क बढाए, सम्बन्ध बनाए । जब क्यान निलम्बन फुकुवाका लागि जिल्ला र प्रदेश निर्वाचन सुरु भयो, चन्दले आफ्ना समुहका धेरै प्रतिनिधि केन्द्रिय निर्वाचनमा छनोट गराउन सफल रहे ।

त्यसैले निर्वाचनको संघारमा उनी बलिया देखिएका छन् । विपक्षी टिम समेत चन्दको पछाडी भिड रहेको तथ्य स्विकार्छ । के त्यो भिड मतमा बदलिएला ? चन्दको चासो र चिन्ता यसैमा छ ।

निर्वाचनको अघिल्लो दिन खेलपाटीका समाचार प्रमुख निशान राईले क्यान निर्वाचनको सन्दर्भमा केन्द्रित रहेर अध्यक्षका प्रत्यासी चतुरबहादुर चन्दसंग कुराकानी गरेका छन् ।

अध्यक्षको उम्मेदवार बन्नुभएको छ । कत्तिको चुनाव लागेको छ ?

प्रतिनिधि साथीहरु आउन सुरु भइसक्यो । भेटघाट सुरु भएको छ ।

जित्नेमा कत्तिको आत्मविश्वासी हुनुहुन्छ ?

आत्मविश्वास सय प्रतिशत छ । सय प्रतिशतनै साथीहरुले जिताउनुहुन्छ ।

भिड र अंक गणितमा तपाईलाई बलियो मानेका छन् । आफ्नो मुल्याङ्गकन कसरी गर्नुहुन्छ ?

गणित त जोडेको छैन । तर जिल्लाका साथीले माया गरेका छन् । जिल्लाको प्रतिनिधिको हैसियतले काम गर्ने इच्छा हो । ३९ वटै जिल्लाका साथीले मलाई चिनेका छन् । त्यसैले माया गर्ने बित्तिकै गणित आफै बलियो हुन्छ ।

उम्मेदवार हुनुहुन्छ । एजेण्डा के छन् ?

सबैको साझा एजेन्डा क्यानको निलम्बन फुकुवा गर्ने हो । सबै काम आईसीसीको रोडम्याप अनुसार भईरहेको छ ।

निर्वाचन शान्तिपुर्ण र निष्पक्ष भएको रिपोर्ट पुगेपछि आईसीसीले निलम्बन फुकुवा गर्ने सन्देश दिएका छ । निलम्बन फुकुवा गरेर मात्र धेरै कुरा हुने हैन । नेपाली क्रिकेटमा निलम्बन नहुँदा पनि विवाद थियो । अलि अलि बेथिती रहेको हल्ला थियो ।

चर्चा धेरै भएपनि प्रशासन, वित्तिय व्यवस्थापन र पारदर्शीतामा कुनै न कुनै समस्या थियो । सोही कारण आईसीसीले अनुदान रोकेको यिो । अब यसलाई चिर्नु छ ।

आइसीसीसँग सम्बन्ध बनाउने, विश्वासको वातावरण दिलाउने काम गरेर नेपाली क्रिकेटलाई पारदर्शी तरिकाले सञ्चालन गर्छु ।

किक्रेटमा आएको लगानीलाई किक्रेटमा नै प्रयोग गर्छु । खेर जान दिन्न । खेलाडीको स्तर उकास्न र किक्रेटको पूर्वाधार विकासदेखि अन्य सकारात्मक काममा मात्र खर्च गर्छाै भन्ने विश्वास दिलाउन चाहन्छु ।

खराब आचरणका साथीको टिम बोकेर हिड्नु भएको छ भन्ने तपाइमाथि आरोप छ नि ?

टिम बनाउदा स्वभाविक रुपमा एउटै खालको र एउटै प्रवृतिको मान्छे हुँदैन । टिममा कस्तो मान्छे भन्दा पनि टिमले गर्ने निर्णय कस्तो छ भन्ने कुरा महत्वपुर्ण हो ।

मेरो जस्तो व्यवहार र मेरो जस्तै आनीबानी भएका मान्छे टिममा नहोलान् । तर मैले गर्ने निर्णय क्रिकेटको पक्षमा, विकासमा हुनेछ ।

संक्रमणकालिन नेपाली क्रिकेटको नेतृत्व विनयराज पाण्डेलाई दिएर अघि बढ्न तपाईलाई के समस्या ?

म निर्वाचित अध्यक्ष भइसकेपछि नैतिकताले अब उपाध्यक्ष बस्न मिल्छ जस्तो लाग्दैन, बस्दिन । मसंग दुईटा मात्र विकल्प थियो । किक्रेट संघ छोडेर अन्यत्र जाने कि अध्यक्ष भएर काम गर्ने ।

रमेश सिलवाल अध्यक्ष भएपछि निलम्बित अवस्थाको क्यानलाई छाडेर म अर्को बाटो लाग्न पथ्र्यो । किन चार बर्ष यत्रो मेहनत गरेर क्रिकेटलाई सही बाटोमा ल्याउन मेहनत गरे ? किनकी मलाई काम गर्ने वातावरण दिईएन । सोही कारण यत्रो मेहनत गरेर आएको हुँ ।

उहाँको घरमा गएर तपाईको ‘गाईड लाइन’ बन्न तयार छु भनेर समेत प्रस्ताव गरे । तपाईको रोडम्याप अनुसार अगाडी बढ्न तयार छु भनेर प्रस्ताव गरे । तर उहाँले सोचौला भन्नुभयो । म अध्यक्ष भए किक्रेट सहीं बाटोमा जान्छ नत्र किक्रेट धरासायी हुन्छ भन्ने जुन भ्रम उहाँले पालिराख्नुभएको छ, त्यो मलाई चित्त बुझेको छैन ।

फरक दलको हुनुहुन्छ । क्रिकेट निलम्बनमा छ । राखेप सदस्य सचिवसंग आफ्नै टसल छ । निर्वाचित भएपछि क्रिकेट संघ अघि बढाउन कत्तिको गाह्रो देख्नुहुन्छ ?

गाह्रो छैन । सरकारको निर्देशनमा काम गर्ने हो । योजना हामीले बनाउने हो । सरकारलाई लागनीका लागि सहमत गर्ने हो । क्रिकेट राम्रो भए देशको इज्जत बढ्छ । देशको नाम चम्किन्छ । क्रिकेट राम्रो भए सदस्य सचिवको मान सम्मान बढ्छ ।

जो आएपनि क्रिकेटलाई बन्धक बनाउने र बाधा गर्ने काम गर्नु हुदैन । किनकी हामीले एक पटक धोका खाईसक्यौ । कसैलाई लाग्ला, विचारधारको कारणले अन्तर कलह होला तर म समन्व्यकारी तरिकाले काम गर्छु ।

किक्रेट बुझेको सदस्य सचिव हुनुहुन्छ । मसँगै पाँच वर्ष उपाध्यक्ष भएर संगै काम गरेका छौ । उहाँले आफ्नो ठाउँबाट किक्रेटमा लगानी गर्नुभएको छ । किक्रेटमा काम गर्न पाउनु पर्छ भन्ने उहाँको इच्छा छ । सर्वाेच्च निकायमा भएपछि त अझै किक्रेटकालागि नै काम गर्नुहुन्छ । यो राम्रो अवसर हो ।

अन्तिममा चतुरबहादुर नेतृत्वमा आएपछि खराब मान्छेको हालीमुहाली हुन्छ भन्ने आरोप छ नि ?

कसैको हालिमुहाली हुँदैन । टिमको हुन्छ, तर राम्रो कामका लागि हुन्छ ।

राखेप, क्रिकेटका अगुवा, विनयराज पाण्डे लगायत सबैको सहयोग लिएर जान्छु । गलत मान्छेको हालिमुहाली हुन दिन्न ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रदेश खेलकुद अघि र केन्द्र पछि जस्तो भो’
'बलिया टिमसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्नुपर्छ'
हरेक निर्णयमा आईसीसीको भर पर्नुपरेको छ – क्यान अध्यक्ष (अन्तरवार्ता)
बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन : मेस्सी (अन्तरवार्ता)
एक कार्यकाल सोच्न सक्छु - रमेश सिलवाल (अन्तरवार्ता)
विधेयकले खेलकुद क्षेत्रका सबै समस्या हल गर्छ – मन्त्री विश्वकर्मा (अन्तरवार्ता)
  • ताजा समाचार
  • खेल आज
‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुनमा
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
समिर उत्कृष्ट
इंग्ल्यान्डविरुद्ध भारतको सानदार जित
बागमती प्रदेश फुटबलको तदर्थ समिति गठन
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP