काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु भएको छ।
मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन मिल्नेगरी गत फागुनदेखि प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम सुरु भएको थियो।
यसअघि असारको पहिलो सातादेखि सिट जडान गर्ने हिसाबले तयारी गरिएको थियो। तर, विविध कारणले गर्दा सिट जडानको काम केही ढिलोगरी सुरु भएको हो।
पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ८ फ्लडलाइट जडान गरिँदै छ। प्यारापिटलाई रंगशालाको पश्चिमतर्फ ६ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ।
प्यारापिटमा पहेँलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुनेछन्। प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन्।
यसअघि असारको पहिलो सातादेखि सिट जडान गर्ने हिसाबले तयारी गरिएपनि विविध कारणले गर्दा सिट जडानको काम केही ढिलोगरी सुरु भएको हो।