ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
आइतबार, २२ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। चौथोपल्ट एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली टोली आइतबार स्वदेश फिर्ता भएको छ।
नेपाली टोली ट्रफी लिएर राती त्रिभुवन विमानस्थल झरेको हो।
शनिबार सम्पन्न खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो।
यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो।











-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


