• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चार भारतीय स्टार क्रिकेटर, जसले विश्वकप खेल्न पाएनन्
खेलपाटी संवाददाता
सोमबार, असार २, २०७६ खेलपाटी संवाददाता
चार भारतीय स्टार क्रिकेटर, जसले विश्वकप खेल्न पाएनन्

एजेन्सी । १२ औं संस्करणको विश्वकप क्रिकेट हाल इङ्ल्याण्ड र वेल्समा जारी छ । सहभागी १० टेस्ट राष्ट्र टोली विश्वकपको उपाधि होडमा रहेका छन् ।

विश्वकप इतिहासमा सर्वाधिक सफल राष्ट्रको रुपमा अस्ट्रेलिया रहेको छ । जसले हालसम्म सर्वाधिक ५ पटक उपाधि उचालेको छ ।

भारतले विश्वकप २ पटक उचालेको छ । हरेक संस्करणको विश्वकपमा भारत सधै उपाधि दाबेदारको रुपमा उभिने गरेको छ ।

भौगोलिक हिसाबमा निकै ठुलो देश भारतमा बच्चा जन्मिने वित्तिकै क्रिकेटर बनाउने सपना धेरै अभिभावकले देख्छन् भनेर भन्ने गरिन्छ । घरेलु भुमीमै धेरै प्रतियोगिता हुने भएकाले भारतीय क्रिकेट बोर्ड बीसीसीआईले समेत अन्य देशको फ्रेन्चाईज लिगमा खेलाडीलाई खेल्ने अनुमती दिदैन ।

भारतले आफ्नै भुमिमा खेलाडी उत्पादन गर्छ । हालसम्म उसले कपिल देव, सचिन तेन्दुलकर जस्ता विश्व प्रसिद्व खेलाडी जन्माएको छ ।

हरेक खेलाडीको ईच्छा हुन्छ, आफ्नो राष्ट्रको राष्ट्रिय गान गाएर विश्वकप खेल्ने । तर सबै खेलाडीको सपना पुरा हुँदैन ।

भारतमा ‘एक से स्टार’ खेलाडी रहेका कारण कतिपय नाम चलेका खेलाडीले समेत विश्वकप खेल्न पाएका हुँदैनन् । हामीले विश्वकप खेल्न नपाएका भारतका ४ स्टार खेलाडीको सुची तयार पारेका छौं ।

 भीभीएस लक्ष्मण

सय टेष्ट खेलेर विश्वकप खेल्न नपाउने खेलाडीमा अस्ट्रेलियाका जस्टिन लेङ्गरसंगै भारतका भीभीएस लक्ष्मणको समेत नाम आउछ । उनले ८६ एक दिवसीय खेल खेल्दै २ हजार ३ सय ३८ रन बनाएका छन् ।

भारतका लिजेण्ड मानिने लक्ष्मणले सन् २००३ को विश्वकपको टोली समावेश थिए । तर उनले कुनैपनि खेलमा मैदानमा उत्रन पाएनन् । सन् १९९९ र सन् २००७ को टोलीमा समेत लक्ष्मण अटाउन सकेनन् । उनको विश्वकप खेल्ने सपना अधुरै रहन पुगेको थियो ।

इशान्त शर्मा

भारतका तिब्र गतिका भेट्रान बलर इशान्त टेस्ट खेलका नियमित खेलाडी हुन् । तर जब एक दिवसीय र टी ट्वान्टीको कुरा आउँछ, उनलाई अन्य खेलाडीले पछि पार्दै आएका छन् ।

उनले ८० एक दिवसीय खेलमा १ सय १५ विकेट हात पारेका छन् । डेथ ओभरमा ब्याट्सम्यानले उनको बलमा थुप्रै रन बनाउने गरेका छन् ।

इशान्त सन् २०११ को विश्वकप टोलीमा अटाएका थिएनन् । सन् २०१५ को विश्वकपमा चोटका कारण उनीले प्रतियोगिता गुमाएका थिए । इशान्त लामो समयदेखि एक दिवसीय राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् ।

अम्बाती रायडु

अम्बाती रायडुले अन्तराष्ट्रिय एक दिवसीय खेलमा सन् २०१३ मा डेब्यु गरेका थिए । अन्य खेलाडी जस्तै रायडुले खेलमा स्थिर प्रर्दशन गर्न नसक्दा राष्ट्रिय टोलीबाट कहिले भित्र त कहिले बाहिर रहदै आएका छन् ।

रायडु सन् २०१५ विश्वकप टिममा रहेपनि कुनैपनि खेल खेल्न पाएनन् । चालु विश्वकपमा रायडु चौथो स्थानमा अटाएका थिए । तर छनोट समितिले अन्तिम समयमा उनको स्थानमा विजय शंकरलाई टिममा समावेश गरेको थियो ।

अमित मिश्रा

सन् २०१० देखि अभागी खेलाडीको रुपमा हेरिएका खेलाडी हुन्, अमित मिश्रा । उत्कृष्ट बलिङ शैली रहेको मिश्रालाई उनी भन्दा सिनियर दुई खेलाडीले छायाँमा पारेका थिए ।

सन् २०११ को विश्वकपमा मिश्राले मौका पाउने देखिए पनि अनुभबी रविचन्द्रन आश्विन र हरभजन सिंहले पछाडी पारेका थिए । चालु विश्वकपमा कुलदिप जाधब र युजभेन्द्र चाहालको जोडीले अन्य खेलाडीलाई पछि पार्दै आएका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP