काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय यु-२३ फुटबल टोलीको छनोटको प्रारम्भिक चरणमा ८९ खेलाडीलाई बोलाएको छ।
एन्फाले बिहीबार सबै खेलाडीलाई खेल सामग्री (किट) सहित उपस्थित हुन आग्रह गरेको हो।
यी सबै खेलाडीलाई सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन्।