काठमाडौं। सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असार अन्तिम साता हुने भएको छ।
नेक्सोभा स्पोर्ट्स प्रालिको आयोजनामा बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्टस पार्कमा हुने प्रतियोगिता असार २९ देखि ३२ गतेसम्म हुने भएको हो।
प्रतियोगितामा १६ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ५० हजारमा चित्त बुझाउने छ। प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’लाई विशेष पुरस्कार प्रदान गरिनेछ।