काठमाडौं। माछापुच्छ्रे वर्ल्ड स्कुलले एन्फा यु-१६ युथ लिगमा जावलाखेल युथ क्लबसँग सहकार्य गर्ने भएको छ।
सम्झौता पत्रमा जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री र माछापुच्छ्रेका प्रिन्सिपल होमनाथ आचार्यले हस्ताक्षर गरे।
लिगमा १४ वटै ‘ए’ डिभिजन क्लबका युवा टोलीको सहभागिता रहनेछ। जावलाखेलले असार २२ गते एन्फा मुख्यालय मैदानमा संकटा विरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ।
लिगमा माछापुच्छ्रेले जावालाखेललाई आवश्यक सहयोग गर्ने बताइएको छ।