काठमाडौं। बार्सिलोनाले २०२५–२६ सिजनको लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको छ। क्लब फेरि आफ्नो पुरानो स्ट्राइप डिजाइनमा फर्किएको छ।
नयाँ सिजनमा घरेलु सफलता जोगाउने लक्ष्यसहित बार्सिलोनाले यस जर्सीमा खेल्नेछ। गएको सिजन पुरुष र महिला दुवै टोलीले १२५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको आधा–आधा डिजाइन भएको जर्सीमा खेल्दै लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कोपा जितेको थियो।
मुख्य प्रशिक्षक हान्सी फ्लिकको युवा र ऊर्जावान टोली यसपटक पनि ती तीनै उपाधि रक्षा गर्न चाहन्छ। त्यसका लागि टोली आफ्नो पुनर्निर्माण भइरहेको क्याम्प नोउमा फर्किनेछ।