• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अष्ट्रेलियाविरुद्व भारतको जितको पाँच कारण
खेलपाटी संवाददाता
सोमबार, जेठ २७, २०७६ खेलपाटी संवाददाता
अष्ट्रेलियाविरुद्व भारतको जितको पाँच कारण

एजेन्सी । दुई पटकको विश्व च्याम्पियन भारतले आईसीसी विश्वकप क्रिकेटमा आईतबार भएको खेलमा पाँच पटकको उपाधि विजेता अष्ट्रेलियालाई पराजित गरेको छ । अष्ट्रेलियाविरुद्व भारतको सहज जित सायदै कसैले सोचेका थिए होलान् ।

भारतविरुद्व उत्रनुअघि अष्ट्रेलियाले लगातार १० खेल जितेको थियो ।

मुख्य बिषय भनेको आईपीएल अगाडी भारतमा भएको पाँच एक दिवसीय सिरिजमा अष्ट्रेलियाले घरेलु टोलीलाई ३–२ ले हराएको थियो । यति मात्र होईन विश्वकपको समिकरण समेत अष्ट्रेलियाको पक्षमा रहेको थियो ।

यसअघि दुवै टिम विश्वकपमा ११ पटक आमसेसामने भएका थिए । जसमा अष्ट्रेलियाले ८ पटक र भारतले ३ पटक जित हासिल गरेको थियो ।

तर सबै आँकडालाई थाती राख्दै आईतबार भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको छ । जसका पाँच कारण निम्न प्रकार रहेको छ ।

पहिलो कारण : चम्किएका ओपनर

कुनैपनि टिमको ओपनर जोडीले पुरै टिमको दिशा तय गर्ने गर्छन् । भारतका ओपनरद्वय रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १ सय २७ रन बनाएर अष्ट्रेलियाका बलरको दबदबालाई समाप्त गरेका थिए ।

रोहितले निकै संयमित भएर ५७ रन बनाए । धवनले १ सय १७ रनको शतकिय ईनिङ्स खेलेका थिए । अर्कोतर्फ अष्ट्रेलियाका ओपनर डेविड वार्नर र कप्तान एरोन फिन्चले पहिलो विकेटका लागि मात्र ६१ रनको साझेदारी गरेका थिए । वार्नर ५६ र फिन्च ३६ रनमा आउट भए ।

दोस्रो कारण : चलेका ब्याट्सम्यान

भारतको जितको दोस्रो कारण भनेको शीर्ष र मध्यक्रमका ब्याट्सम्यान राम्रोसंग चल्न सके र छिटो छिटो रन बनाउन सफल रहे । भारतीय कप्तान विराट कोहलीले आफ्नो बिग्रिएको फर्ममा सुधार गर्दै ७७ बलमा ८२ रन बनाए । हार्दिक पाण्डेयाले २७ बलमा ४८ रनको योगदान दिए । जसले गर्दा भारतीय टिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय ५२ रनसम्म पुग्न सफल रह्यो ।

जसले गर्दा अष्ट्रेलियालाई जितका लागि प्रति ओभर रन रेटको औसत बढ्न पुगेको थियो । यहीनै हारको कारण बन्यो । अष्ट्रेलियाले समेत निर्धारित ओभरमा ३ सय १६ रन बनाएको थियो । ब्याट्सम्यानले ठुलो लक्ष्य अष्ट्रेलिया सामु राख्दा भारतीय बलरले समेत आत्मविश्वासका साथ आफ्नो क्षमतालाई प्रयोग गर्न सफल रहे ।

तेस्रो कारण : टिकेको विकेट

भारतीय जितको तेस्रो कारण भनेको ब्याट्सम्यान विकेटमा टिकेर खेल्न सके । शानदार सुरुवात गरेका शिखर धवनले आफ्नो ईनिङ्सलाई शतकमा बदल्न सकेका थिए । अर्को तर्फ अष्ट्रेलियाका डेबिड वार्नरले समेत राम्रो सुरुवात गरेका थिए । तर त्यसलाई शतकमा बदल्न असफल रहे ।

यसको साथै भारतले फिल्डिङ समेत निकै राम्रो प्रर्दशन गर्यो । उनीहरुले क्याच गर्ने कुनै अवसरनै छाडेनन् । तर रोहित शर्माको क्याच छाड्नु अष्ट्रेलियाका लागि निकै भारी परेको थियो । रोहित शर्माले दोस्रो ओभरमा जिवनदान पाएका थिए । उनको क्याच मिचेल स्टार्चको बलमा छुटेको थियो । त्यसपछि खुलेको रोहितको ब्याटलाई अष्ट्रेलियाका बलरले कुनै चुनौती दिन सकेनन् ।

फिल्डिङमा समेत भारतले अष्ट्रेलिया भन्दा राम्रो प्रर्दशन ग¥यो । भारतीय खेलाडीले अष्ट्रेलियाका कप्तान आरोन फिन्च र मिचेल स्टार्चलाई रन आउट गर्दै पोविलियनको बाटो देखाएका थिए ।

चौथो कारण : टस जितेर ब्याटिङ्ग गर्ने निर्णय

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णयनै भारतीय जितको आधार बन्यो । सामान्यतया एकदिवसीय क्रिकेटमा टस जितेर पहिले फिल्डिङ गर्ने चलन हुन्छ । तर भारतीय कप्तान विराट कोहलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सहि साबित बन्यो ।

पहिलो ब्याटिङ गरेर स्कोर बोर्डमा ३ सय बढी रन बनाएपछि सधै विपक्षी टिममाथि दबाब सिर्जना गर्न सकिन्छ । पछिल्लो विश्वकप सन् २०१५ को सेमिफाईनलमा अष्ट्रेलियाले भारत सामु ३ सय २८ रनको लक्ष्य राखेको थियो । जसमा पुरै भारतीय टिम ४६ दशमलव ५ ओभरमा २ सय ३३ रनमा समेटिएको थियो ।

पाँचौ कारण : बलरको प्रर्दशन

भारतीय टिमको जितको पाँचौ कारण भनेको बलरको शानदर प्रर्दशननै रह्यो । पुरै म्याचमा उनीहरुले दबाब देखाएका थिए । भुवनेश्वर कुमार र जसप्रीत बुमराहले लगातार विकेट लिएका थिए । सोही कारण अष्ट्रेलियाले कुनै ठुलो साझेदारी गर्न पाएन, जसले निर्णायक रुप लिन सकेन ।

भुवनेश्वर कुमार र जसप्रीत बुमराहले तीन तीन विकेट लिदाँ युजवेन्द्र चाहलले समेत दुई विकेट हात पारेका थिए ।

यदी कुनैपनि टिमका ब्याट्सम्यान फर्ममा देखिन्छन् र बलर १० विकेट लिने क्षमता राख्छन् भने कुनैपनि बलियो टिम धरासायी बन्न सक्छ । त्यसको गतिलो उदाहरण अष्ट्रेलिया बन्यो ।

-एजेन्सीकाे सहयाेगमा 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP