• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कान्छा कप्तानमा भरिएको आत्मविश्वास !
खेलपाटी संवाददाता
मंगलबार, जेठ १४, २०७६ खेलपाटी संवाददाता
कान्छा कप्तानमा भरिएको आत्मविश्वास !
सुदुरपश्चिमका युवा कप्तान शेर मल्ल । फाेटाे : रमन शिवाकाेटी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चौथो दिन आज कीर्तिपुर मैदानमा अन्य दिनको भन्दा फरक माहोल देखियो ।

बन्दको हल्लाका कारण सार्वजनिक साधन कम चलेका थिए, तर प्रतियोगिता हेर्न त्रिवि मैदान पुग्ने दर्शकको उपस्थिती भने अन्य दिनको तुलनामा धेरै देखिन्थ्यो ।

मैदानमा विभागीय टिम एपीएफ र सुदुरपश्चिम प्रदेश थिए । दर्शकको समर्थन सुदुरपश्चिमलाई थियो ।

खेलमा एक हिसावमा रन कम बन्यो । टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम १ सय २५ रनमा रोक्कियो ।

अनुभबी खेलाडीको कमी रहेको सुदुरपश्चिमका ५ खेलाडी रन आउट हुन पुगे ।

सुदुरपश्चिमका युवा कप्तान शेर मल्ल कम स्कोर बनेका कारण केही निराश देखिए ।

सुदुरपश्चिमका समर्थक भने उपाधि दाबेदार टोली एपीएफसंग ठुलो अन्तरको हार ब्यहोरिने चिन्तामा थिए ।

तर ठिक विपरित एपीएफका खेलाडीले सोचे अनुरूप मैदानमा रन बनाउन सकेनन् । खेल निकै रोमान्चक बन्दै गएको थियो । एपीएफका खेलाडी मैदानमा टिक्न संघर्ष गर्दै थिए ।

१ सय २६ रनको सामान्य लक्ष्य पुरा गर्न एपीएफ जस्तो अनुभवी टिमले ७ विकेट खर्चन पर्यो ।

अनुभबी खेलाडीले भरिएको एपीएफका खेलाडीलाई सुदुरपश्चिमका बलरले खुलेर खेल्न दिएनन् ।

दुई महत्वपूर्ण क्याच छुटाउनु र थुप्रै पटक फिल्डिङमा चुकेका कारण खेल हार्न पुगेको युवा कप्तान मल्लले बताए ।

‘सुरुमा कम स्कोर देखेर नरमाइलो लागेको थियो । तर हामीले जसरी खेल अन्त्य गर्यौं, त्यसबाट सन्तुष्ट छु ।’ मल्लले खेलपाटीसंग बताए ।

पीएम कपका लागि काठमाडौँ आएको २४ घण्टा नबित्दै मैदान उत्रेका खेलाडीले आज गरेको प्रदर्शन प्रशंसा गर्न लायकनै थियाे ।  

पहिलो पटक प्रदेशको कप्तानी गरेका मल्ल भने जस्तो सुकै परिस्तिथीलाई आत्मसाथ गर्न आफु तयार रहेको बताए ।

‘मेरो लागि कप्तानी गर्नु चुनौती थियो । मैले यसलाई अवसरको रुपमा लिएको छु ।’ मल्लले थपे ।

‘हाम्रो टिममा धेरै नया खेलाडी छन् । त्यसैले फिल्डिङमा कमजोरी देखियो ।’ मल्ल भन्छन्, ‘हाम्रो क्याम्प पनि भएको थिएन । जसको असर मैदानमा देखियो । तालमेल नमिल्दा ५ खेलाडी रन आउट भए ।’

पिचले ब्याटिङलाई सहयोग गरे पनि आफ्नो बलर राम्रो भएका कारण एपीएफका खेलाडी खुलेर खेल्न नसकेको उनको दाबी थियो ।

दर्शकको पुर्ण समर्थन पाएको सुदुरपश्चिमले छिटो छिटो विकेट हात पार्दा एक समय कीर्तिपुरको क्रिकेट मैदान गुञ्जयमान बन्न पुगेको थियो ।

यद्दपी खेलाडीले समर्थकलाई खुसी बनाउन सकेनन् । समर्थकले प्याराफिटबाटै फिल्डिङमा सुधार गर्नु पर्ने भन्दै सुझाब दिएका थिए ।

पीएम कपमा आफ्नो प्रदेशलाई क्रिकेटको सहरको रुपमा चिनाउने लक्ष्य लिएर काठमाडाै आएको कप्तान मल्लले बताए ।

‘हामी आफुलाई प्रमाणित गर्ने कोसिस गर्ने छौं ।’ उनले थपे ।

‘आजको गल्ती सुधार गर्दै आउने तीन खेलमा जित निकाल्ने र अघिल्लो चरण पुग्ने योजना छ ।’ उनले थपे ।

एपीएफका ब्याट्सम्यानलाई दबाबमा राख्न उनले बलिङ रणनीति परिवर्तन गरेका थिए । खेलाडीको कमजोरी निकाल्दै नयाँ बलरलाई उनले मौका लिएका थिए । एक हिसावको गज्जबको आत्मविश्वास उनले एपीएफको खेलविरुद्व देखाएका थिए ।

को हुन् शेर मल्ल ?

गत बर्ष भएको दोस्रो संस्करणको पीएम कपमा सुदुरपश्चिमको खेलाडीको रुपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो खेल कर्णालीबिरुद्द ७ ओभर २ बलमा ५ विकेट हात पार्दै उनले सुदुरपश्चिमलाई जित दिलाएका थिए ।

प्रतियोगितामा ३ खेलमा बलिङ गरेका उनले ११ विकेट हात पारेका थिए । उनी २ खेलमा म्यान अफ दी म्याच घोषित भएका थिए ।

आज ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट हात पारेका थिए । अल राउण्डर खेलाडीको रुपमा उनले ब्याटिङतर्फ ११ रन जोडेका थिए ।
केहि महिना अघि भएको यु–१९ विश्वकप छनोट खेल अघि अभ्यास खेल्न भारतको आन्द्र प्रदेश गएको १८ सदस्यीय टोलीमा उनले स्थान बनाएका थिए ।

भ्रमणकारी टाेलीबाट दुई खेलमा औसत प्रर्दशन गरेका उनी नेपालको अन्तिम १४ सदस्यीय टिममा स्थान बनाउन असफल रहे  ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP