• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चार स्टार खेलाडी जसले विश्वकप जितेनन् !
खेलपाटी संवाददाता
सोमबार, जेठ १३, २०७६ खेलपाटी संवाददाता
चार स्टार खेलाडी जसले विश्वकप जितेनन् !

एजेन्सी । फुटबल र क्रिकेट खेलाडीका केही समानता छन् । जसले विश्व खेलकुदमा आफ्नो नाम स्थापित गर्छन् । नाम कमाउछन्, दाम बटुल्छन् । तर आफ्नो देशका लागि विश्वकप जित्न सक्दैनन् ।

समकालिन फुटबलमा लियोनल मेस्सी र रोनाल्डो विश्वकपका अभागी खेलाडी मानिन्छन् । आधुनिक फुटबलका दुई सुपरस्टार फुटबलरले देशका लागि विश्वकप जित्न सकेनन्, सकेका छैनन् ।

त्यही नियति विश्व क्रिकेटका केही सुपरस्टार क्रिकेटरले ब्यहोरे । जसले एकदिवसीय विश्वकपको उपाधि उचाल्न सकेनन् । त्यही चार स्टार अभागी क्रिकेटरको सुचि प्रस्तुत गर्दैछौ ।

१. कुमार संगाकारा

श्रीलंकाका लिजेण्ड विकेटकिपर ब्याट्सम्यान कुमार संगाकाराले २२ बर्षको उमेरमा सन् २००० मा एक दिवसीय खेलमा डेब्यु गरेका थिए ।

१५ बर्ष एक दिवसीय क्रिकेटमा रमाएका उनले ४ सय ४ खेलमा १४ हजार २ सय ३२ रन बनाए । उनले श्रीलंका टोलीलाई १ सय ५ एक दिवसीय खेलमा कप्तानी गरे । तर विश्वकप जित्न सकेनन् ।

सन् २०११ को विश्वकपमा संगाकाराको कप्तानीमा श्रीलंका फाइनल पुगेको थियो । व्यक्तिगततर्फ ९ खेलमा ४ सय ६५ रन प्रहार गरेका उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने तेस्रो खेलाडी बनेका थिए । सन् २०१४ को टी–ट्वान्टी विश्वकप उपाधि जिताएका उनले एक दिवसीय विश्वकपकाे उपाधि चुम्न सकेनन् ।

२. राहुल द्रविड

निकै डिफेन्सिभ क्रिकेट खेल्ने भारतका राहुल द्रविडले धेरै पटक एक्लैले खेल जिताएका रेकर्डहरु छन् । सन् १९९६ मा डेब्यु गरेका उनी टेस्ट क्रिकेटमा निकै सफल खेलाडी साबित भए ।

सन् १९९६ को विश्वकपमा ८ खेलमा ४ सय ६१ रन बनाएका उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । सन् २००३ को विश्वकपमा समेत सफल खेलाडी रहेका उनले फाइनल खेल जिताउन असफल रहे । अस्ट्रेलियाबिरुद्द सो खेलमा भारत १ सय २५ रनले पराजित भएको थियो ।

सन् २००७ को विश्वकपमा उनले भारतीय टिमको कप्तानी गरे । सो विश्वकपमा उनले ३ सय १८ रन बनाएका थिए । उनले विकेटकिपरको रुपमा १६ जनालाई आउट गरेका थिए । सो विश्वकपमा भारत समुह चरणबाट बाहिरिएको थियो ।

सन् २०११ मा सिमित ओभरको क्रिकेटबाट सन्यास लिएका उनले एक दिवसीय खेलमा १० हजार ८ सय ८९ रन बनाएका छन् । सन्यासपछि उनलाई भारतीय यु–१९ टोलीको प्रशिक्षकको जिम्मेवारी दिईएको थियो ।

३. एबी डी विभीलर्स

दक्षिण अफ्रिकाका लिजेण्ड क्रिकेटर एबी डी विभीलर्स ब्याटिङ मात्र नभएर फिल्डिङमा समेत उत्कृष्ट मानिन्छन् । सन् २००४ मा डेब्यु गरेका उनले छोटो समयमा आफुलाई प्रमाणित गरे । तर सन् २००७ को विश्वकपका ४ खेलमा खाता नखोली आउट भए ।

तर सन् २०११ को विश्वकपमा डी विभीलर्सले लगातार २ शतक प्रहार गर्दै विश्वकपमा २ खेलमा २ शतक प्रहार गर्ने दक्षिण अफ्रिकी पहिलो खेलाडी बनेका थिए । सो प्रतियोगितामा उनले १ सय ३६ दशमलब ७३ को औसतमा समापन गरेका थिए, जुन कुनै पनि खेलाडीको भन्दा उच्च औसत हो ।

मिस्टर ३६० उपनामले परिचित डी विभीलर्सले सन् २०१५ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलमा न्युजिल्याण्डबिरुद्दको खेल जोगाउन सकेनन् ।

४. शौरभ गांगुली

भारतमा दादा नामले परिचित शौरभ गांगुली क्रिकेट जगतका एक लिजेण्ड हुन् । सन् १९९२ मा डेब्यु गरेका उनले पहिलो दुई खेलमा शतक प्रहार गर्दै डेब्युको दुई खेलमा शतक प्रहार गर्ने विश्वका तेस्रो खेलाडी बनेका थिए ।

सन् १९९९ को विश्वकपमा श्रीलंकाबिरुद्द १ सय ८३ रन बनाउँदै उनी भारतीय खेलाडी मध्य विश्वकपको एक इनिङ्समा सर्वाधिक रन बनाउने एक मात्र खेलाडी बने ।

सन् २००३ को विश्वकपमा उनको कप्तानीमा भारतले फाइनलको यात्रा गरेको थियो । ब्यक्तिगततर्फ प्रतियोगितामा उनले ३ शतक सहित ४ सय ६५ रन जोडेका थिए तर उपाधि उचाल्न भने असफल रहे । गांगुली क्रिकेट इतिहासमा एक निडर कप्तानको रुपमा परिचित छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP