काठमाडौं । एपीएफ क्लबले वाईवाई कर्णाली प्रिमियर लिगमा जित निकालेको छ ।
शनिबार भएको खेलमा एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्यो।
सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा एपीएफले दिएको १९३ रनको लक्ष्य पछ्याएको हिमालयनले १०८ रन मात्रै बनाउन सक्यो। हिमालयनका ब्याट्सम्यान पवन कार्कीले सर्वाधिक २४ रन बनाए।
हिमालयनलाई सस्तोमा समेट्न एपीएफका लागि शरद भेषवाकरले ४ विकेट तथा भुवन कार्की, पुरन बिक र सन्दिप जोराले २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १९२ रन बनाएको थियो । उसका लागि अनिल साहले शतक र शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले ।
अनिलले १०२ रन बनाउन ५८ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । शरदले ५१ रन बनाए ।