काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग' को टिम र मार्की खेलाडी सार्वजनिक भएको छ ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै सहभागी ५ टोलीको नाम र मार्की खेलाडी सार्वजनिक गरेको हो ।
पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।
पाँचै टिमका मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन् ।

सिर्जना जोशीको टिम ललितपुरका मार्की खेलाडी नेरी थापा रहेकी छिन् । यस्तै विनायक पोखरेलको टिम पोखराको मार्की खेलाडी सिता राना मगर, दिपा अग्रवालको टिम क्यापिटलको मार्की खेलाडी रुबिना क्षेत्रि, मिङमा टण्डु शेर्पाको टिम चितवनको मार्की खेलाडी इन्दु बर्मा र पारस लुनियाको टिम विराटनगरको मार्की खेलाडी सरिता मगर रहेकी छिन् ।
प्रतियोगिता जेठ ३ गतेबाट ११ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । यसअघि चैत २२ देखि ३० सम्मको मिति तय भएको थियो । तर, प्राविधिक कारणले प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।