काठमाडौं। साविक विजेता कर्णाली एसभिजले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो।
कर्णालीले पहिलो सेटमा २५–२१ ले हात पार्यो। दोस्रो सेटमा२५–२० र तेस्रो सेटमा २५–१४ को सहज नतिजा निकाल्यो।