साम्बाको ह्याट्रिक
आइतबार, असार १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमै ह्याट्रिक गरेकी छन्।
एएफसी एसियन कप छनोटको पहिलो खेलमा उनले लाओसविरुद्ध ह्याट्रिक गरेकी हुन्। उनले यही खेलमार्फत कप्तानी जिम्मेवारी सम्हालेकी हुन्। उनले योसँगै ६१औं अन्तर्राष्ट्रिय गोल पुर्याएकी छन्।












