नेपाललाई ५–० को अग्रता
-1751205100.jpg&w=3840&q=75)
काठमाडौं। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा ५–० को अग्रता दोब्बर बनाएको छ।
खेलको १२औं मिनेटमै नेपालले अनिता बस्नेतको गोलमार्फत सुरुआती अग्रता लियो। साबित्रा भण्डारी साम्बाले हेडरमार्फत दिएको बललाई उनले हलुका चेस्टिङ गर्दै जाली चुमाइन्।
नेपालले पहिलो हाफ सकिन केही समय अघि अग्रता दोब्बर बनायो। अनिताको उत्कृष्ट क्रसलाई यही खेलमा कप्तानी जिम्मेवारी पाएकी साम्बाले हेडरमार्फत गोल गरिन्। पहिलो हाफ सामान्य प्रदर्शन गरेको नेपाल दोस्रो हाफमा आक्रामक देखियो।
दोस्रो हाफको सुरुआती दुई मिनेटमै नेपालले तेस्रो गोल थप्यो। सबिता रानामगरले बक्सभित्रबाट दिएको कट पास बललाई सरु लिम्बूले पहिलो टचमै जाली चुमाइन्।
५५औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लाओसकी किपरले क्लियर गर्न खोजेको बल साम्बाको खुट्टामै पुगेको थियो। उनले उक्त बललाई जाली चुमाइन्। योसँगै उनले ६०औं अन्तर्राष्ट्रिय गोल पूरा गरेकी छन्।
त्यसको एक मिनेटपछि नै रश्मीकुमारी घिसिङले अर्को गोल थपिन्। योसँगै नेपालले ५–० को फराकिलो अग्रता लियो।












